arrow

सीमामा लकडाउनको मौकामा लोपोन्मुख वन्यजन्तुको तस्करी, ज्यूँदै भेटियो सालक

logo
युबराज रेग्मी, 
प्रकाशित २०७७ जेठ ४ आइतबार
98425423_1687810141343193_6.jpg

झापा । दक्षिणी झापाको सीमावर्ती क्षेत्रमा लकडाउनको मौका छोपी लोपोन्मुख वन्यजन्तुको चोरी तस्करी हुने गरेको पाइएको छ । 

शुक्रबार राति नेपाल भारत सीमा कचनकवल गाउँपालिका ५ को सीमावर्ती क्षेत्रबाट सालक भेटिएसँगै वन्यजन्तु तस्करीको रहस्य खुलेको हो । 

सो स्थानको ११२ र ११३ नम्वर पिलरको बीचमा बोराभित्र पोको पारेर राखिएको अवस्थामा सालक भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

सीमामा भेटिएको सेतो प्लाष्टिकको बोरा खोलेर हेर्दा जिउँदो सालक भेटिएको प्रहरी कार्यालय झापाका सूचना अधिकारी साकार पन्तले बताए । 

प्रहरीले उक्त सालकलाई शनिवार डिभिजन वन कार्यालय चन्द्रगढीको जिम्मा लगाएको छ ।

सालक नेपालबाट भारततर्फ लैजान लागिएको हुनसक्ने प्रहरीको अनुमान छ । 

सीमावर्ती सुरक्षामा कडाई भएकाले तस्करले सालक छोडेर भागेको हुनसक्ने अनुमान छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ