arrow

अमेरिकामा डाक्टरको ‘एक्लो ब्वाँसो’ आतंकवादी हमला

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
terrorist.jpg

काठमाडौं । एक पाकिस्तानी डाक्टरले अमेरिकामा आतंकवादी हमला गर्ने इच्छा राखेको दावी गरिएको छ । फेडरल ग्रान्ड जुरीले एक २८ वर्षीय पाकिस्तानी डाक्टरले अमेरिकामा ‘एक्लो ब्वाँसो’ आतंकवादी हमला गर्ने इच्छा राखेको दावी गरेको हो । 

एच–१ बी भिसामा रहेको उक्त डाक्टर इस्लामिक स्टेट आतंकवादी समूहप्रति बफादार रहेको समेत दावी जुरीले गरेको छ । 

अभियोग अनुसार पाकिस्तानी इजाजतप्राप्त डाक्टर मुहम्मद मसुदले अमेरिकामा आक्रमण गर्ने योजना बनाएको हो । 

अमेरिकी अटर्नी एरिका म्याकडोनाल्डले मसूद विरुद्ध उक्त अभियोग शुक्रबार घोषणा गरेका हुन् । मसुदलाई सुरुमा अपराध गरेको गुनासोको आधारमा अभियोग लगाइएको थियो । 

उनी मिनियापोलिस-सेन्टको पल अन्तर्राष्ट्रिय विमानस्थलमा गत १९ मार्चमा गिरफ्तार भएका हुन् । 

गत जनवरीदेखि मार्चको बीचमा मसुदले इस्लामिक स्टेट अफ इराक र अल-शम  र यसका नेताप्रति आफ्नो बफादारी जोगाउने र आइएसआइएसका लागि युद्ध गर्न सिरियाको यात्रा गर्ने इच्छा व्यक्त गर्ने लगायत अरुलाई धेरै वक्तव्य दिएको ससमेत दावी गरिएको छ । 

मसुदले पहिले रोचेस्टर, मिनेसाटोस्थित प्रतिष्ठित क्लिनिकमा अनुसन्धान संयोजकको रुपमा काम गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ