arrow

चीनमा रोकिएन कोरोना संक्रमित थपिने क्रम

logo
पिटिआई
प्रकाशित २०७७ जेठ ४ आइतबार
china-corona-wuhan.jpg

बेइजिङ । चीनमा कोरोनाभाइरसबाट थप १७ जना संक्रमित  भएका छन् । कोरोनाभाइरसबाट संक्रमित हुनेहरु थपिने क्रम नरोकिएपछि उहानमा आम परीक्षणलाई अभियानका रुपमा सञ्चालन गरिएको छ ।

कोरोनाभाइरसको उद्गमस्थल समेत मानिने उहानमा केही समय यसको सङ्क्रमण रोकिएको बताइए पनि अहिले फेरि दिनप्रतिदिन संक्रमित हुनेहरुको संख्या थपिदै गएको छ । 

सरकारी अधिकारीहरुले अहिलेसम्म उहानका मात्रै झण्डै एक करोड दशलाख मानिसमा कोरोनाभाइरसको सङ्क्रमण भए नभएको बारेमा स्वास्थ्य परीक्षण गरिएको छ ।

चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले देशको जिलिन प्रान्तमा पनि शनिबार थप पाँच जना संक्रमित भेटिएको जनाएको छ । उनीहरुमध्ये तीन जनालाई स्थानीय सङ्क्रमण भएको आयोगले आइतबार उल्लेख गरेको छ । 

कोरोनाभाइरसबाट संक्रमितहरुको संख्या बढ्दै जान थालेपछि जिलिन शहरमा यसै हप्तादेखि लकडाउन लागु गरिएको छ । शनिबार थपिएकासँगै चीनमा कोरोनाभाइरसबाट संक्रमित भएकाहरुको कुल संख्या ८२ हजार ९४७ पुगेको छ । 

स्वास्थ्य अधिकारीहरुका अनुसार कुल संक्रमितमध्ये अहिले पनि उपचाररत अवस्थामा ८६ जना छन् भने अरु ७८ हजार २२७ जना सङ्क्रमणमुक्त भएर घर फर्किएका छन् । चीनमा कोरोनाभाइरसबाट संक्रमित भएर अहिलेसम्म चार हजार ६३४ जनाको मृत्यु भएको छ ।   

चीनमा गत डिसेम्बरको अन्तिम साता पहिलो पटक कोरोनाभाइरसको सङ्क्रमण देखिएको थियो । त्यही सङ्क्रमण फैलिदै गएर अहिले संसारभरी पुगेको विश्वास गरिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ