arrow

साउदीमा एकै दिन २,८४० जना संक्रमित भेटिए, अहिलेसम्म ३०२ जनाको ज्यान गयो

logo
अरशद शेष राई,
प्रकाशित २०७७ जेठ ४ आइतबार
corona.png

साउदी अरेबिया। बिश्व जगत नै कोभिड १९ को महामारीका कारण त्रसित बनेको बेला साउदी अरेबियामा पनि महामारीले दिनदिनै संक्रमितहरु बढ्दै गइरहेको कारण अहिले सिंगो देश नै त्रसित बनेको छ ।

दिनदिनै कोरोना भाइरस अर्थात कोभिड १९ को महामारीका संक्रमितहरु बढ्दै गइरहेको बेला साउदी अरेबियामा एकैदिन २,८४० जना नयाँ कोरोना संक्रमितहरु फेला परेका छन्। एकैदिन यति ठुलो संख्यामा संक्रमितहरु भेटिएको यो पहिलो पटक हो। 

साउदी अरेबियामा शनिबार एकैदिन अधिराज्यभरीबाट रिजाद ८३९, जद्दा ४५०, मक्का ३६६, मदिना २९०, दम्माम १८०, दरिइयवहा ८९, कताइफ ८०, अल- खोबर ७८, अल- जुबेल ७५, ताइफ ५७, यनबु ५०, अल- हाफुफ ४९, ताबुक ३८, बुरैदाह २४, हफर अल- बातीन २०, वादी दबासीर १९, जदरान १५ र बकीक १३ जना गरी २,८४० जना नयाँ कोरोना संक्रमितहरु भेटिएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना भाइरसबाट साउदी अरेबियाको शहर मक्कामा हाल सम्म २२० जनाको ज्यान गएको छ भने २१,३५३ जना संक्रमित रहेका छन् जबकि ९,९०३ जना उपचारपछि निको भई घर फर्किएका छन् ।

त्यसैगरि मदिना शहरमा कोरोना भाइरसबाट हाल सम्म ४१ जनाको ज्यान गएको छ भने ७,५७५ जना संक्रमित रहेका छन जबकि ३,०५० जना उपचारपछि निको भई घर फर्किएका छन ।

यसैगरी रियाज शहरमा पनि कोरोना भाइरसबाट हाल सम्म १८ जनाको ज्यान गएको छ भने १०,५२९ जना संक्रमित रहेका छन जबकि ५,६६२ जना उपचारपछि निको भई घर फर्किएका छन ।

कोरोना भाइरसबाट पूर्वी भेगमा हाल सम्म १६ जनाको ज्यान गएको छ भने ९,८३१ जना संक्रमित रहेका छन जबकि ३,७०१ जना उपचारपछि निको भई घर फर्किएका छन्।

साउदी अरेबियाको शहर जिजान शहरमा पनि कोरोना भाइरसबाट हालसम्म १ जनाको ज्यान गएको छ भने ८५१ जना संक्रमित रहेका छन् जब कि ५९० जना उपचारपछि निको भई घर फर्किएको बताइएको छ ।

कोभिड १९ को महामारीका कारण साउदी अरेबियामा शनिबार दस जनाको मृत्यु भएसंगै साउदी अरेबियामा हालसम्म ३०२ जनाको ज्यान गइसकेको छ जबकि ५२ हजार १६ जना कोरोना संक्रमित रहेका छन ।

कोरोना भाइरसका कारण १,७९७ जना नयाँ संक्रमितहरु उपचारपछि निको भएका छन जस कारण हाल सम्म साउदी अरेबियामा २३ हजार ६६६ जना कोरोना संक्रमितहरु उपचारपछि निको भएको साउदी स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ