arrow

आइएसपानद्वारा आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग

logo
प्रकाशित २०७७ जेठ ४ आइतबार
ispan1.jpg

काठमाडौं। इन्टरनेट सेवा प्रदायक संस्था (आइएसपान) नेपालद्वारा कोभिड-१९ महामारी विरुद्ध लड्न बिभिन्न संस्थाहरुलाई आर्थिक तथा स्वास्थ्य सामाग्री सहयोग गरेको जनाएको छ। संस्थाले महाबिर पुरद्धावार संचालित राष्ट्रिय आविस्कार केन्द्रलाई स्वास्थ्य सामाग्री निमार्ण गर्नको लागि ५ लाख रुपयाँ सहयोग गरेको जनाएको छ।

त्यसैगरी मानव आश्रम, भक्तपुर क्यान्सर अस्पतालमा लगायतको क्षेत्रमा सहारा बिहिन ब्यक्तिहरुलाई बिहान बेलुका खाना खुवाउनु सहयोग पुगोस भनेर २ लाख १ हजार सहयोग गरेको बिज्ञप्ती मार्फत जनाइएको छ।

त्यसैगरी ट्राफिक प्रहरी प्रभाग बग्गीखाना, महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरी, प्रेस काउन्सिल तथा काठमाडौ महागरपालिकालाई मास्क, सेनिटाइजर, पन्जा लगायतको स्वस्थ्य सामाग्री उपलब्ध गराएको आइएसपानले जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ