arrow

रुपन्देही कारागारमा क्षमता भन्दा तेब्वर कैदीवन्दी हुँदा कोरोनाको प्रवल जोखिम

कारागार प्रमुख भन्छन्ः संक्रमण फैलिए स्थिती के होला ?

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ४ आइतबार
KARAGAR.jpg

रुपन्देही । प्रदेश नं. ५ कोरोना भाईरसको उच्च जोखिममा रहेका वेला रुपन्देहीको भैरहवामा रहेको जिल्ला कारागारमा क्षमता भन्दा तेब्वर कैदीबन्दीहरु हुँदा कोरोना भाइरस संक्रमणको प्रवल जोखिमको घण्टी वजेको छ । 

नेपाल–भारत सिमा क्षेत्रमा पर्ने भैरहवा, भारत वाट वेलहिया नाका हुँदै स्वदेश फर्किने मानिसहरुको संख्या वढ्दै गएको र यता जिल्लामा कोरोना भाईरसको संक्रमण व्यापक रुपमा फैलिएकाले कारागारमा रहेका कैदीबन्दीहरुमा संक्रमणको उच्च जोखिम वढेको हो । 

तर कारागार प्रशासनले कोरोनाको जोखिमलाई ध्यान दिदै विभिन्न सावधानी अपनाउँदै आएपनि तर कार्यक्षेत्रमा खटिने डेरामा वस्ने र कारागारमा नयाँ कैदी ल्याएर आउने सुरक्षाकर्मीहरुमा यद्यपी संक्रमण भएको खण्डमा सजिलै संक्रमण फैलिन सक्ने वताईएको छ । 

यस्तै सवैभन्दा धेरै कारागारमा नयाँ जेल चलान भई आउने व्यक्तिहरु वाट कोरोना भाईरस संक्रमण फैलिने त्रास उत्पन्न भएको रुपन्देही जिल्ला कारागारका प्रमुख नारायण पन्थीले जानकारी दिएका छन् । यस्तै जिल्ला कारागारका प्रमुख पन्थी भन्छन्ः, क्षमता भन्दा वढी कैदीवन्दीहरु भएकाले यदी कोरोना भाईरस संक्रमण कारागार भित्र भित्रिएमा अवस्था निकै नाजुक वन्ने र स्थिती भयावह हुने आँकलन गरिएको वताए ।

पुरानो भवनमा राखिएका कैदीवन्दीहरु एउटै कोठामा २२–२५ जना सम्म वस्ने र पुराना तथा नयाँ कैदीहरु एकै ठाउँमा राख्नुपर्ने र वस्न वाध्य भएको कारागार प्रमुख पन्थी वताउँछन् । १ सय ५० जना कैदीवन्दी राख्ने क्षमता भएको पुरानो भवनमा हाल करिव ४ सय ३६ जना कैदीहरु राखिएको छ । 

कारागार प्रशासनका अनुसार उक्त विषयमा हेडक्वाटरमा जानकारी गराई पनि तर अहिले सम्म व्यवस्थापन एंव सजकता वारे के गर्ने भन्ने वारे कुनै ठोस परिपत्र नआएको जनाएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ