- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। सरकारको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम माथीको छलफलमा भाग लिदै सांसद मोहन आचार्यले कृषिको व्यबसायिकरणमा जोड दिनुपर्ने बताएका छन्।
कृषिको व्यबसायिकरण र रोजगारी अभिबृघ्दिका लागी कृषिमा आधारित उद्योगहरुको स्थापनामा जोड दिन माग गर्दै सांसद आचार्यले कोरोनाबाट नेपाली अर्थतन्त्रमा पर्ने अल्पकालिन र दिर्घकालीन असरलाई मघ्यनजर गरि सोही बमोजिम नीतिगत सम्बोधन गर्न सरकारलाई आग्रह गरे।
नेपालको तुलनात्मक लाभ भएको क्षेत्र जलविद्युत क्षेत्रमा लगानी आकर्षित गर्न देशिय र अन्तरदेशिय प्रशारण लाईन विस्तारलाई अगाडी बढाउन माग गर्दै सांसद आचार्यले कोरोनाबाट सबैभन्दा प्रभावित पर्यटन क्षेत्रलाई विशेष सम्बोधन गर्न माग गरे।
तुलनात्मकरुपमा नेपाली बैंकहरुको व्याजदर महंगो रहेको भन्दै सांसद आचार्यले उत्पादनमुलुक उद्योगले लिने ऋणको व्याजदर र अन्य क्षेत्रको ऋणको व्याजदरमा फरक हुनु पर्ने बताए।
अहिलेको अबस्थामा राहत प्याकेजले सबैलाई सम्बोधन गर्न सक्नुपर्ने माग गर्दै सांसद आचार्यले विदेशमा अलपत्र परेका नेपालीहरुलाई विश्व स्वास्थ्य संगठनको मापदण्ड पुरा गरेर स्वदेश फर्काउने व्यबस्था गर्न सरकारसंग माग गरे। राज्यले छनौट गर्ने योजनाहरु उचित हुनुपर्ने सांसद आचार्यले बताए।