arrow

निरौलामाथि आक्रमण गर्ने तथा गराउनेहरुमाथि कार्वाही गर्न युनियनको माग

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ४ आइतबार
shyam-niraula.gif

काठमाडौं। नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण गर्ने तथा गराउनेहरुलाई पहिचान गरि तत्काल कानुनी दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुत गराउन नेपाल प्रेस युनियन केन्द्रीय समितिले माग गरेको छ। 

युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाल्दै निरौलामाथिको आक्रमणले नेपाल प्रेस युनियन मर्माहत हुनुका साथै आक्रोशित भएको जनाएका छन्।

खाँदवारी नगरपालिका वडा नम्वर ५ का वहालवाला कार्यवाहक वडाध्यक्ष समेत रहेका निरौलामाथि भएको यो आक्रमण देशमा मौलाउँदो दण्डहिनताको अर्को उदाहरण भएको उल्लेख गर्दै युनियनले गम्भीर घाइते भएका पत्रकार तथा जनप्रतिनिधी निरौलाको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ। 

नेपाल पत्रकार महासंघ संखुवासभाका पूर्व अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २ गते शुक्रवार साँझ साँढे सात बजेतिर खाँदवारी नगरपालिका वडा नम्वर ५ माल्टामा खुकुरी प्रहार गरि ज्यान मार्ने प्रयास भएको थियो। खुकुरी प्रहारबाट गम्भीर घाइते भएका निरौलाको टाउकोमा ११ टाका लगाइएको छ। अहिले उनी स्वास्थ्य लाभ गरिरहेका छन्। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ