arrow

कोरोना संक्रमणमा भारतले तोड्यो सबै रेकर्ड, एकैदिन उच्चविन्दूमा पुग्यो संख्या 

संक्रमित ९५ हजार ६९८, मृतक तीन हजार २५

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-india3.jpg

काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमण निकै चरम गतिमा पुगेको छ । आइतबार २४ घण्टाको अवधिमा सबैभन्दा बढी संक्रमित र मृतक थपिएका छन् । 

२४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका हुन् । यो अहिलेसम्मकै उच्च हो । यसअघि शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका थिए । त्यसअघि गत हप्ताको आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका थिए ।

पछिल्लो हप्तादेखि भारतमा संक्रमितको संख्या चरम रुपले बढिरहेको छ ।  

अहिलेसम्म भारतमा संक्रमितको संख्या ९५ हजार ८७२ पुगेको छ । अहिलेसम्म ३६ हजार ७९५ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ५३८ जनालाई निको भएको छ । 

ज्यान जानेको संख्या ३ हजार २५ पुगेके छ । २४ घण्टाको अवधिमा १५२ जनाको ज्यान गएको छ । 

कहाँ कति संक्रमित  र मृतक रु
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । आइतबार महाराष्ट्रमा अहिलेसम्मकै बढी २ जार ३४७ जना संक्रमित भएका छन् । 

शनिबार १ हजार ६०६ जना संक्रमित थपिएका थिए । एक साताभर दैनिक महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३३ हजार ५३ संक्रमित भएका छन् । आइतबार ६३ जनाको ज्यान जाँदा मृतक १ हजार १९८ जना पुगेका छन् । 

गुजरातमा संक्रमित ३९१ थपिएर ११ हजार ३८० पुगेका छन् । मृतक ३४ थपिएर ६५९ पुगेका छन् । 

त्यस्तै तमिलनाडुमा ६३९ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ११ हजार २२४ पुगेका छन् । मृतक ७९ पुगेका छन् । 

दिल्लीमा ४२२ जना थपिएर संक्रमित ९ हजार ७५५ जना पुगेका छन् । मृतक १९ थपिएर १४८ पुगेका छन् । मध्यप्रदेशमा १८७ जना थपिएर ४ हजार ९७७ संक्रमित पुग्दा पुगेको छ । मृतकको संख्या २४८ पुगेको छ ।

राजस्थानमा २४२ जना थपिएर ५ हजार २०२ पुगेका छन् ।  मृतक १३१ पुगेका छन् ।

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै ११ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

भारतमा चौथो चरणमा यही मे ३१ तारिखसम्म लकडाउन बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ