arrow

अमेरिकामा घट्यो कोरोनाको संक्रमण दर, न्यूयोर्कमा फेरि बढ्यो मृत्यु 

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-usa1.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या घट्दै गएको छ । गत हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका थिए । 

तर आइतबार संक्रमित १९ हजार ८९१ जना थपिएका छन् । शनिबार २३ हजार ५८९ जना थपिएका छन् । 

विश्वभर ४७ लाख ९९ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १५ लाख २७ हजार ६६४ जना संक्रमित भएका छन् । 

मृतकको संख्या ९० हजार ९७८ पुगेको छ । नयाँ मृतक २४ घण्टामा ८६५ थपिएका छन् । शनिबार १ हजार ८९ जना थपिएका थिए । यसअघिका दिनमा दैनिक १५ सय भन्दा बढीको ज्यान जाँदै आएको थियो । 

निको हुनेको संख्या ३ लाख ४६ हजार ३८९ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ५९ हजार ८४७ जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ३२५ पुगेको छ । आइतबार नयाँ मृतक १९१ थपिएका छन् । आइतबार सबैभन्दा बढी मृत्यु पनि न्यूयोर्कमै भएको हो । 

पहिलो पटक न्यूयोर्कमा शनिबार एक जनाको पनि ज्यान गएन ।

न्यूजर्सीमा १ लाख ४८ हजार १९७  जना संक्रमित हुँदा १० हजार ३६६ जनाको ज्यान गएको छ । 

२४ घण्टामा नयाँ मृतक न्युयोर्कमा र संक्रमित न्यूजर्सीमा बढेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 

उनले कुनै पनि हालतमा अब लकडाउन खोल्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ