arrow

विश्वमा कोरोनाबाट ४८ लाख बढी संक्रमित, यस्तो छ शीर्ष ३० देशको तथ्यांक

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या सोमबार बिहानसम्म ४८ लाख १ हजार ५१७ पुगेको छ । एकै दिन ८२ हजार ५०० को संख्यामा संक्रमित थपिएका छन् । 

मृतकको संख्या अहिलेसम्म ३ लाख १६ हजार ६६० जनाको ज्यान गएको छ । मृतक घट्दै गएका छन् । 

आइतबार ३ हजार ६१७ जनाको ज्यान गएको छ । शनिबार ४ हजार २३८ जनाको ज्यान गएको थियो । 

निको हुनेको संख्या १८ लाख ५८ हजार १०६ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख २७ हजार ६६४ पुगेको छ । ९० हजार ९७८ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको रुसमा २ लाख ८१ हजार ७५२ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ६३१ पुगेको छ । रुस पहिलो पटक दोस्रो स्थानमा पुगेको हो । संक्रमितको दर बढ्दै जाँदा रुस दोस्रोमा पुगेको हो । 

तेस्रो स्थानमा झरेको स्पेनमा संक्रमित २ लाख ७७ हजार ७१९ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ६५० जना पुगेका छन् । 

चौथो स्थानमा बेलायत रहेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ४३ हजार ६९५ पुगेको छ । मृतक ३४ हजार ६३६ रहेका छन् । 

पाँचौ स्थानमा पुगेको ब्राजिलमा २ लाख ४१ हजार ८० जना संक्रमित हुँदा मृतक १६ हजार ११८ पुगेको छ । 

छैटौं स्थानको इटालीमा २ लाख २५ हजार ४३५ जना संक्रमित हुँदा ३१ हजार ९०८ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ७९ हजार ५६९ जना संक्रमित हुँदा २८ हजार १०८ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७६ हजार ६५१ जना संक्रमित हुँदा ८ हजार ४९ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ४९ हजार ४३५ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार १४० छ । 

दशौं स्थानको इरानमा १ लाख २० हजार १९८ जना संक्रमित हुँदा ६ हजार ९८८ जनाको ज्यान गएको छ । 

११ औं स्थानको भारतमा ९५ हजार ६९८ जना संक्रमित भएका छन् । ३ हजार २५ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा पेरु रहेको छ । संक्रमितको संख्या ९२ हजार २७३ जना रहेकामा मृतकको संख्या २ हजार ६४८ रहेको छ । 

१३ औं स्थानको चीनमा ८२ हजार ९५४ जना संक्रमित हुँदा ४ हजार ६३४ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७७ हजार २ जना संक्रमित हुँदा ५ हजार ७८२ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको बेल्जियममा ५५ हजार २८० जना संक्रमित हुँदा मृतक ९ हजार ५२ पुगेका छन् ।

१६ औं स्थानको साउदी अरेबियामा ५४ हजार ७५२ जना संक्रमित हुँदा ३१२ जनाको ज्यान गएको छ । 

१७ औं स्थानको मेक्सिकोमा ४९ हजार २१९ जना संक्रमित हुँदा ५ हजार १७७ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको नेदरल्यान्डमा ४३ हजार ९९५ जना संक्रमित हुँदा ५ हजार ६८० जनाको ज्यान गएको छ । 

१९ औं स्थानको चिलीमा ४३ हजार ७८१ जना संक्रमित हुँदा ४५० जनाको मृत्यु भएको छ ।

२० औं स्थानको पाकिस्तानमा ४० हजार १५१ जना संक्रमित हुँदा ८७३ जनाको ज्यान गएको हो । 

२१ औं स्थानको इक्वेडरमा ३३ हजार १८२ जना संक्रमित हुँदा २ हजार ७३६ को ज्यान गएको छ ।

 २२ औं स्थानको कतारमा संक्रमितको संख्या ३२ हजार ६०४ हुँदा १५ जनाले ज्यान गुमाएका छन् । 

२३ औं स्थानको स्वीटजरल्यान्डमा ३० हजार ५८७ जना संक्रमित हुँदा १ हजार ८८१ जनाको ज्यान गएको छ ।  

२४ औं स्थानको स्वीडेनमा ३० हजार १४३ जना संक्रमित हुँदा ३ हजार ६७९ जनाको ज्यान गएको हो ।

२५ औं स्थानको बेलारुसमा २९ हजार ६५० जना संक्रमित हुँदा १६५ जनाको ज्यान गएको छ ।

२६ औं स्थानको पोर्चुगलमा २९ हजार ३६ जना संक्रमित हुँदा १ हजार २१८ जनाको ज्यान गएको छ ।

२७ औं स्थानको सिंगापुमा २८ हजार ३८ जना संक्रमित हुँदा २२ जनाको मात्र ज्यान गएको छ ।

२८औं स्थानको आयरल्यान्डमा २४ हजार ११२ जना संक्रमित हुँदा १ हजार ५४३ जनाको ज्यान गएको छ ।

२९ औं स्थानको युएईमा २३ हजार ३५८ जना संक्रमित हुँदा २२० जनाको ज्यान गएको छ ।

३० औं स्थानको बंगलादेशमा २२ हजार २६८ जना संक्रमित हुँदा ३२८ जनाको ज्यान गएको छ ।


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ