arrow

भारतले मिचेको भूमिमा नेविसंघले फहरायो राष्ट्रिय झण्डा

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
download.jpg

पाँचथर । भारतले हस्तक्षेप गरेर मिचेको भूमिमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले नेपालको राष्ट्रिय झण्डा फहराएको छ । 

फालेलुङ गाँउपालिका ६ स्थित आहालमा भारतीय सीमा सुरक्षा बल (एसएसबीी को हस्तक्षेप विरुद्ध विद्यार्थीहरुले विरोध प्रदर्शन गर्दै झण्डा गाडेका हुन्  ।
  
नेविसंघ पाँचथरले आयोजना गरेको विरोध कार्यक्रममा पाँचथरका ३० जना युवाहरु सीमाक्षेत्र पुगेका थिए । इलाम नेविसंघका नेता प्रज्वल भट्टराईको नेतृत्वमा इलामका युवाहरु उक्त क्षेत्रमा पुगेका थिए । 
दुई जिल्लाका विद्यार्थीहरुको विरोध प्रदर्शनमा सीमाक्षेत्रका स्थानीयहरु पनि सहभागि भएर एसएसबीको हस्तक्षेप विरुद्ध नाराबाजी गरेका थिए । 

विद्यार्थीहरुले उक्त क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला समेत जलाए । उनीहरुले करिब दुई घण्टा भारत सरकार विरुद्ध नाराबाजी गर्दै अतिक्रमित क्षेत्रमा प्रदर्शन गरेका हुन् । 

नेविसंघले प्रदशर्नका क्रममा केपी शर्मा ओली नेतृत्वको सरकार भारत सामु लाचार बनेको समेत आरोप लगाएको छ । 

नेविसंघले कुनैपनि हालतमा नेपाली भूमि गुम्न नदिने उद्घोष गरेको छ ।

पाँचथरको फालेलुङ, इलामको सन्दकपुर र भारतको पश्चिम बंगालसँग सिमाना जोडिएको नेपालको आहालमा  पर्यटकीय संग्राहलय निर्माणको काम सुरु गरेपछि एसएसबीले हस्तक्षेप गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ