arrow

सोमबार नयाँ थपिएका कोरोना संक्रमित रौतहटका आठ जना कहाँबाट आएका थिए ? 

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
covid-test-positive-corona.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ३०४ पुगेको छ । सोमबार बिहान ९ जना नयाँ संक्रमित थपिएका हुन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा समिरकुमार अधिकारीले सोमबार बिहान ८ः४५ बजे अध्यावधिक गरेको प्रेस विज्ञप्तिमा नयाँ संक्रमितमध्ये रौतहटमा ८ जना र बारामा १ जना थपिएका हुन् । 

थपिएका रौतहटका ८ र बाराका १ जना हुन् । त्यसैगरी पुरुष ८ जना हुँदा महिला १ जना हुन् । 

रौटहटको इशनाथ नगरपालिकाको २, ३, ६ र ९ निवासी २१ देखि ३० वर्षका पुरुषहरु ७ जना रहेका छन् । त्यस्तै रौतहट माधवनारायण नगरपालिका ३ निवासी २८ वर्षीया महिला पनि संक्रमित भएकी छिन् । 

त्यसैगरी थपिएका एक जना बारा करैयामाई ५ निवासी २८ वर्षीय पुरुष हुन् । 

कहाँबाट आएका थिए थपिएका रौतहटका आठ जना ? 
रौतहटमा थपिएका आठ जना संक्रमितहरु भारतको दिल्ली, मुम्बई, कानुपर र हरियाणाबाट मजदूरी गरेर फर्केका थिए । 

उनीहरु बैशाख ३० र ३१ गते नेपाल आएका थिए । त्यसपछि उनीहरुलाई रौटहटको ईशनाथ नगरपालिकामा रहेको क्वारेन्टाइनमा राखिएको थियो । 

क्वारेन्टाइनमै रहेका बेलामा गरिएको पीसीआर परीक्षणमा उनीहरुका कोरोना पोजेटिभ देखिएको हो । 

अहिलेसम्म नेपालमा २ जनाको ज्यान गइसकेको छ । ३६ जनालाई निको भएको छ । ३४६ जना आइसोलेसनमा रहेका छन् । 

१८ हजार ३५७ जना आइसोलेसनमा रहेका छन् । 

  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ