arrow

भारतबाट रौतहट ससुराली आएका ज्वाईलाई देखिएन माइतीमा रहेकी छोरीलाई देखियो कोरोना 

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-test-kit.jpg

रौतहट । रौतहटमा सोमबार एक २८ वर्षीय महिलासहित आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटको माधवनारायण नगरपालिका खेसरहिया माइत बसेकी ती महिलाका श्रीमान् दश दिन अघि भारतको गुजरातबाट आएका थिए । 

भारतबाट आफ्नो टोलमा ज्वाई आएको थाहा पाएपछि स्थानीयले श्रीमान्, श्रीमतीसहित १२ जनाको परिवारलाई नै क्वारेन्टाइन ल्याएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रवल कायस्थले जानकारी दिए । उनकाअनुसार परिवारका सबै सदस्य र श्रीमानको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको तर श्रीमतीको भने पोजेटिभ आएको छ। कोरोना पोजेटीभ देखिएकी महिलालाई आइसोलेसनमा लगिएको छ।

यस्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले सोमबार बिहान दिनु भएको सूचनाबमोजिम माधवनारायण नगरपालिकाका ती महिला र रौतहटकै इशनाथ नगरपालिकाका सात जना पुरुष कोरोना संक्रमित भएका हुन् । 

इशनाथका प्रमुख प्रशासकीय अधिकृत नन्दकिशोर गुप्ताले कोराना संक्रमित सात जना बैशाख ३१ गते भारतको विभिन्न सहरबाट आएको जानकारी दिए। उनकाअनुसार संक्रमित सबैजनालाई नाकाबाट सिधै क्वारेन्टाइन लगिएको र परिवारजनसंग भेट हुन नपाएकोले परिवार सुरक्षित रहेका छन् ।

संक्रमित पुरुषहरु मजदुरीको लागि भारतको दिल्ली, मुम्बई र पञ्जाव गएका थिए । इशनाथ नगरपालिकामा मात्रै हालसम्म कोराना संक्रमित ११ जना पुगेको छ । जिल्लामा भने संक्रमितको संख्या २१ जना पुगेको प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ