arrow

चीनले कोरोना भाइरसका सुरुआती नमूना नष्ट गरेको स्वीकार्यो

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
corona-china1.jpg

काठमाडौं । कोरोना भाइरसको उद्गम देश चीनले भाइरसका सुरुआती नमूना नष्ट गरेको स्वीकारेको छ । 

चीनले यसलाई ढिला गरी स्वीकारेको हो । अमेरिकाले भने सुरुआतदेखि नै चीनमाथि उक्त आरोप लगाउँदै आएको थियो । गत महिना अमेरिकाका विदेश मन्त्री माइक पोम्पियोले चीनले भाइरसका नमूना नष्ट गरेको बताएका थिए । 

न्यूजवीकको रिपोर्ट अनुसार शुक्रबार चिनियाँ नेशनल हेल्थ कमिशनका सुपरभाइजर लिउ डेंगफेंगले ३ जनवरीमा चीन सरकारको आदेशमा अनधिकृत ल्याबका कोरोना भाइरस नमूना नष्ट गर्ने आदेश दिएको बताए । 

चिनियाँ अधिकारीले भने यो आरोपको खन्डन गरेका छन् । लिउको दावीअनुसार ल्याबमा बायोलोजिकल सुरक्षा र अगाडि दोस्रो कुनै घटना नहोस् भन्नका लागि भाइरस नष्ट गर्न भनिएको थियो । 

तर चीनले विशेष कुरा लुकाउनका लागि भाइरसको नमूना नष्ट गरिएको दावी गरिएको छ । 

लिउले शुक्रबार पत्रकार सम्मेलनमै भने, ‘चिनियाँ स्वास्थ्य कानुनका अनुसार भाइरसलाई नष्ट गर्नुपर्ने थियो ।’ उनले सार्स कोभ–२ लाई क्लास २ वा अन्त्यधिक रोगजनक भाइरसका रुपमा वर्गीकरण गरेपछि यसलाई नष्ट गरिएको थियो ।’


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ