arrow

बनबासा सीमा नजिक आइसकेका नेपालीलाई भारतीय प्रहरीले रोक्यो, ३० किलोमिटर पर जंगलमा लगेर छोडियो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ५ सोमबार
nepali-boarder-alapatra.gif

काठमाडौं। भारतको उत्तराखण्ड राज्यको अलमोडा जिल्लामा मजदुरी गर्दै आएका ४१ नेपालीलाई  घर आउने क्रममा बनवासा सीमा नाका नजिकैबाट भारतीय प्रहरीले उल्टै भारततिरै फर्काइदिएको छ।  

भारतीय प्रहरीले नेपालीहरुलाई सीमा भन्दा करिब ३० किलोमिटर पर जंगलमा लगेर जवर्जस्ती छोड्न लगाएको हो। 

४० हजार रुपैयाँ तिरेर भाडामा लिएको बस चढेर आएका उनीहरुलाई प्रहरीले बरेली आइपुगेपछि सोहि बसमा नै राखेर फर्काइदिएको थियो। आइतवार राती उनीहरुलाई सोह बसले एक जंगलको बीचमा लगेर छोडिदिएको थियो। 

अलमोडा जिल्लाको डोराहाटमा मजदुरी गर्दै आएका उनीहरु लकडाउनको कारण काम रोकिएपछि नेपाल फर्कने क्रममा थिए। उनीहरुले आफूहरुलाई स्थानिय अलमोडा नगरपञ्चायतले दिएको पास समेत प्रहरीलाई देखाएका थिए। तर उनीहरुको कुरा प्रहरीले नमानी उतै फर्काइदिएको मुगुका कांग्रेस सभापति खड्ग बहादुर शाहीले बताए। 

शाहीको नामै तोकेर मुगुका एक स्थानियले फेसबुकमा स्टाटस राखेपछि शाहीले पनि घटनाको बारेमा जानकारी पाएका थिए। अहिले शाही पिडितहरुको कुरा सरकारका निकायहरुलाई पुर्‍याउन लागेका छन्। शाहीकै गाउँ खत्याड मुगुका नागरिक सो टोलीमा अधिकांश छन्। केहि सोरु गाउँपालिकाका पनि छन्।  

राती जंगलमा छोडिएका उनीहरु विहान भने एक नदि आसपासको क्षेत्रमा आएपुगेका थिए। नेपाल सीमा नजिक आइसकेका मान्छेलाई आइतवार साँझ ७ वजेतिर फेरि ३० किलोमिटर पर जंगलमा लगेर छोडिदिएको खबर पनएपछि आफू उनीहरुलाई नेपाल फर्काउन सरकारी निकायमा हारगुहारमा रहेको शाहीले बताए। विहान भने उनीहरु खतिमा भन्ने ठाउँ आइपुगेको बताए। उनीहरुले एक भिडियो पनि खिचेर पठाएका थिए। जुन हाम्राकुरामा तपाइ हेर्न सक्नुहुन्छ। 

बरेलीमा भारतीय प्रहरीले जवर्जस्ती झार्न खोजेपछि आफूहरु पैदलै नेपाल जाने बताए पनि उनीहरुले त्यो पनि मानेनन्। अलमोडा नगरपञ्चायतले पास दिएर पठाए पनि रोकिए पछि रातको अध्यारोमा केहिले भारतीय प्रहरीको बिरुद्ध आवाज उठाएका थिए। तर प्रहरीले महिला केटाकेटी कसैको आवाज सुनेन। एक यूवाले त आफूहरुलाई मार्नुस तर पछि नहट्ने अडान लिएपनि भारतीय प्रहरीले उनीहरुको आवाज सुन्दै सुनेन। 

केहि दिन अघी पनि उत्तराखण्डकै प्रहरी र अधिकारीहरुले त्यसैगरि नेपालीहरुलाई अपमान गरेको भिडियो सार्वजनिक भएको थियो। यस्तो दुर्व्यवहार र अपमान हुँदा पनि नेपाल सरकारले भारतीय सरकार र राज्य सरकारसँग पहल नगरेकोमा दुख लागेको शाहीले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ