arrow

अफगान राष्ट्रपतिलाई अमेरिकी विदेशमन्त्रीको बधाई

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ५ सोमबार
afghan-polities.jpg

वासिङ्टन। अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले अफगानिस्तानका राष्ट्रपति असरफ घनी र अफगानिस्तानमा उनका प्रतिद्वन्दी अब्दुल्लाह अब्दुल्लाहलाई बधाई दिएका छन्। उनीहरुबीच पछिल्लो समयमा भएको शक्तिको बाँडफाँटको विषयलाई लिएर उनले अफगान राष्ट्रपति घनी र उनका प्रतिद्वन्दीलाई फोनमार्फत बधाई दिएको प्राप्त समाचारमा जनाइएको छ।

विदेशमन्त्री पोम्पेओले सोमबार उनहरु दुवै जनालाई फोन गरेका थिए। सो फोनवार्तामा उनले अफगानिस्तानको राजनीतिक गतिरोध हटाउने गरी दुवै जनाले शक्तिको बाँडफाँट गरेकोमा बधाई दिए। अफगानिस्तानमा हालै सम्पन्न निर्वाचनपछि राष्टपति घनी र अब्दुल्लाहबीच शक्तिसंघर्ष चर्किएको थियो। त्यस शक्तिसंघर्षका बाबजुद उनीहरुबीच हालैमात्र अधिकारको बाँडफाँट भएको थियो। जसअनुरुप डा.अब्दुल्लाह राष्ट्रिय मेलमिलापसम्बन्धी उच्चस्तरीय समितिको अध्यक्षका रुपमा रहेका छन्।

त्यस फोनवार्तामा उनले अमेरिका सधैँ अफगानिस्तानमा शान्ति र राजनीतिक स्थायित्वको पक्षमा रहेको बताएका थिए। अफगानिस्तानका राष्ट्रपति घनी र अर्का नेता डा.अब्दुल्लाहबीच कार्यकारी अधिकार कसले प्रयोग गर्ने भन्ने विषयमा केही महिनायतादेखि नै विवाद रहेकोमा उनीहरुले आपसमा अधिकारको बाँडफाँट गरेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ