arrow

अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : ट्रम्प

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
donald-trump1.jpg

एएनआई , अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताएका छन् । उनले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिएका हुन् । 

 राष्ट्रपति ट्रम्पले भने– अमेरिकाभरमा कोरोना भाइरसको संक्रमण दरमा उल्लेख्य मात्रामा कमी आएको छ, यसबाट थोरै भए पनि आशा जागेको छ । उनले शनिबार आफ्नो ट्वीट अकाउन्टमा लेख्नुभएको छ– यो धेरै राम्रो समाचार हो कि अमेरिकाभरमा कोरोना भाइरसको संक्रमणमा कमी आएको छ । 

 अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयले जनाएअनुसार त्यहाँ १४ लाख ८६ हजार ४२३ जना संक्रमित छन् । साथै यहाँ ८९ हजार ५५० जनाको ज्यान गएको छ । अप्रिलमा अमेरिकामा दैनिक कम्तीमा ३६ हजार जना संक्रमित हुने गरेकोमा अहिले भने त्यसमा उल्लेख्य कमी आएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ