arrow

ओलम्पिकको ज्वाला बोक्दै सिरियाली शरणार्थी बालिका

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
olympic-torch.jpg.jpeg
ब्रासिलिया । ब्रासिलियामा ओलम्पिकको ज्वाला (टर्च) बोक्ने व्यक्तिहरुमा एकजना सिरियाली शरणार्थी बालिका पनि परेकी छिन् । उनी १२ वर्षकी छिन् र सन् २०१५ देखि ब्राजिलमा बस्दै आएकी हुन । ब्राजिलमा राखिने सो टर्चको यात्रा मङ्गलबारबाट सुरु भएको छ । 
 
यो टर्च बोकेर लाने १० जनामध्ये अरु नौ जना भने ब्राजिलियन नै रहेका छन् । दाक्वा हानन नामकी ती बालिकालाई ब्राजिलमा हुन लागेको सन् २०१६ को ओलम्पिक खेलका लागि गठित समितिले उनलाई छानेको हो । संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी निकाय युएनएचसिआरको सिफारिशमा उनलाई छानेको हो । 
 
ब्राजिलियन मन्त्री र अरु आठजना व्यक्तिसँगै ती बालिकाले पनि सो ज्वाला लिने छिन् । यो उनका लागि ठूलो गौरवको विषय भएको सञ्चारमाध्यमले लेखेका छन् । सन् २०१६ मा ब्राजिलको रियो डि जेनेरियोमा ओलम्पिक खेलको आयोजना गरिएको छ । सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ