arrow

इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत

logo
एएनआई,
प्रकाशित २०७७ जेठ ५ सोमबार
israeli-knesset.jpg

तेल अभिभ। इजरायली संसद (नेसेट) ले प्रधामन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जको एकताको नवगठित सरकारलाई आइतबार समर्थन गरेको छ। विश्वासको मत प्राप्त गर्न नेसेटमा भएको मतदानमा नवगठित सरकारको पक्षमा ७३ मत प्राप्त भएको थियो। विपक्षमा ४६ मत परेको थियो।

इजरायलकै इतिहासमा कुनै दल वा गठबन्धनले बहुमत ल्याउन नसक्दा एक वर्षभित्रै तेस्रो पटक संसदका लागि आमनिर्वाचन भएको थियो। सरकार गठनमा यसपटक पनि समस्या देखिएपछि प्रधानमन्त्री नेतन्याहू र उनका प्रतिद्वन्द्वी बेन्नी गान्जबीच सत्ता साझेदारीका विषयमा सहमति जुटेपछि नयाँ सरकार गठन भएको हो।

सरकारले संसदबाट अनुमोदन प्राप्त गरेलगत्तै अब नयाँ मन्त्रिपरिषद गठनका लागि बाटो खुलेको छ। नयाँ सम्झौता बमोजिम पहिलो १८ महिना वर्तमान प्रधानमन्त्री नेतन्याहू प्रधानमन्त्री पदमा रहने छन् भने त्यसपछि सन् २०२१ को नोभेम्बर १७ बाट बेन्नी गान्ज प्रधानमन्त्री बन्ने छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ