arrow

निमोनिया भएर उपचार गराइरहेका शिक्षकमा कोरोना पुष्टि, अस्पताल बन्द

logo
प्रकाशित २०७७ जेठ ५ सोमबार
covid-test-corona.jpg

रुपन्देही । उपचारका लागि भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका एक शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि अस्पताल बन्द गरिएको छ । यही जेठ १ गतेदेखि रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार गराइरहेका मदानेका ४१ वर्षीय शिक्षकमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । 

निमोनियाका कारण अस्पतालको सघन उपचार कक्षमा भर्नाभएका उनको प्रदेश प्रयोगशालामा पिसिआर विधिबाट स्वाब परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि अहिले अस्पताल चारैतिर बन्द गरिएको प्रशासन प्रमुख मनमोहन भट्टराईले जानकारी दिए ।

अस्पतालमा कुनै पनि स्वास्थ्यकर्मी, बिरामी तथा आफन्तलाई भित्र जान र बाहिरिन रोक लगाइएको उनले बताए । मदानेको एक विद्यालयमा अध्यापन गराउँदै आएका उामा एक्कासि ज्वरो आउने र रुघाखोकीको समस्या भएपछि एम्बुलेन्समार्फत उपचारका लागि क्रिमसन अस्पतालमा आएको मदानेका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ