arrow

कोरोना पोजेटीभ गुल्मीका संक्रमित पुरुषको स्वास्थ्य अवस्था जटिल

आइसियूमा उपचाररत विरामीको अवस्था संघीय सरकारलाई पनि जानकारी गराइयो

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ५ सोमबार
crimson-hospital-butwal.gif

रुपन्देही। रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालमा जेठ १ गते भर्ना भएका गुल्मीको मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको अवस्था जटिल वन्दै गएको क्रिमसन अस्पताल प्रशासनले जनाएको छ । 

श्वासप्रश्वास समस्या देखिएका उनको जेठ २ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिदै आएको क्रिमसन अस्पतालका प्रमुख प्रशासकिय अधिकृत शेखर प्रसाद ज्ञवालीले जानकारी दिए। 

प्रमुख प्रशासकिय अधिकृत ज्ञवालीका अनुसार उनमा श्वास प्रश्वासमा निकै समस्या देखिएपछि निमोनिया पनि भएको हुन सक्ने सम्भावनामा चेकजाँचलाई अगाडि वढाईएको वताए ।

आईसियुमा उपचाररत ति व्यक्तिमा कोरोना भाईरस (कोभिड–१९) संग मिल्दोजुल्दो लक्षण देखिएपछि स्वाब परिक्षण गरिएकोमा सोमवार कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । 

भैरहवामा रहेको प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा उनको स्वाबमा कोरोना भाईरस संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ । 

आइसीमा राखेर उपचाररत व्यक्तिको स्वास्थ्य अवस्था जटिल वन्दै गएपछि प्रदेश नं. ५ सामाजिक विकास मन्त्रालय र संघिय सरकारलाई जानकारी गराइएको छ।

संघीय सरकारका अधिकारीहरुले हाललाई त्यही राखेर सावधानीपूर्वक उपचार गर्न निर्देशन आएको क्रिमसन अस्पताल स्रोलते जानकारी दिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ