arrow

कोरोना कहर

logo
सन्दीप केसी,
प्रकाशित २०७७ जेठ ५ सोमबार
sandip-kc.gif

गरिखान नदिने भयो, कोबिडले सब छोयो 

बाबाआमा परदेशको चिन्ता, परदेशी यही रोयो 

अमेरिका लाखौं खायो, नेपाल भित्र गयो 

कठै दैब के आयो खै, संसार आज रोयो। 

 

छैन ठेगान बाच्ने मर्ने, सबलाई माया बाच्नु 

परदेशीको कोही छैन खै, अब कहाँ हास्नु 

हिजो मात्र सुत्केरी खाई, दुधे बालक रोयो 

बाच्ने मर्ने ठेगान छैन, लाखौंको ज्यान गयौ। 

 

अझै कति मर्छन भन्छन, रुन्छन पल्ला काईला 

काम काजमा भोटे ताल्चा, चल्दैनन नि पाईला 

राहत भन्दै खल्ति भर्या, कोरोनाले देख्ला

बन्द गरौ खल्ति भर्न, कोबिडले ढाड सेक्ला। 

 

औषधी नि छैन कतै, मरिराछन जताततै 

बिदेशीने नेपालीको, मनमा चोटको खतै 

सुत्दा सुत्दा कोठा भित्रै, चल्दैनन हात खुट्टा

अमेरिका होला नेपाल, नदेऊ केपी गफ झुट्टा। 

 

कतार साऊदी चिच्याहट छ, ग्वा ग्वा गर्छन गाउँले

नेपाल फर्के झम्टीदीन्छन, ऊनै नेता साहुले

सीमापारी दुधे बालक, बुढी आमा रुन्छिन 

आफ्नै घर तारबार लाऊदा, भाव बिह्वल हुन्छिन। 

 

छैन ठेगान मर्ने बाच्ने, गाउँले मुग्लान रह्यो

कोरोनाले खान्छ सबलाई, किन यस्तो भयो 

परदेशीका रोदन भित्र, नेपाल मात्र भन्छ 

सारा जनता ग्वा ग्वा गर्दा, केपी कहीले सुन्छ। 

 

सुन्छौ कित बैरो सरकार, नत्र मर्छन सबै 

कसरी यहाँ बाच्लान र खै, औषधी नि नभै

आफु आफै राम्रोसँग, बसौ सबै साथी

मिली बसे केयर गरे, लान्न कोभिड माथी। 

          लान्न कोभिड माथि।।।।।

         

     सन्दीप केसी, टोकियो जापान 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ