arrow

लकडाउनका बेला चिटिक्क पारिदै पाल्पा तानसेन

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
Tansen_Sadak_Ma_Dhunga_Chap.gif

पाल्पा । लकडाउनका बेला जिल्लाको सदरमुकाम तानसेनलाई चिटिक्क पारिदै गएको छ । तानसेन नगरपालिकाको मुख्य बजारलाई पुरानै स्वरुपमा सजाउन थालिएपछि तानसेनको स्वरुप फेरिदै गएको हो ।

कोरोना संक्रमणबाट बच्न र बचाउन सरकारले लकडाउन जारी राखेको समयमा तानसेन नगरपालिकाले तानसेन बजार भित्रका विभिन्न सडकहरुमा ढुङ्गा छापेर नगरको स्वरुप नै परिवर्तन गरेको छ । झण्डै एक दशक अघिसम्म तासेनका अधिकांश सडकहरुमा ढुङ्गा नै बिछ्याइएको थियो । जुनबेला तानसेन पुरातात्विक सम्पदाको रुपमा नै परिचित थियो ।

ढुङ्गाले छापिएका सडक र पुरानाशैलीका घर, मठमन्दिरका कारण यहाँको ऐतिहासिक महत्व रहेको छ । नगरपालिकाले लकडाउन पछि पाल्पा आउने पर्यटकहरुका लागि लक्षित गरी तानसेनको भगवती मन्दिर, शितलपार्टी, पाल्पा दरवार, मखनटोल, हुलाक चोकदेखि सिल्खानसम्म ग्रेनाइट ढुङ्गा बिछ्याउने काम गर्दै आएको छ । सेनवंशीय समयदेखि तानसेन पर्यटकीय नगरको रुपमा परिचित रहँदै आएको छ ।

लकडाउनको समयमा काम गर्न सजिलो, छिटोछरितो हुने भएकाले नगरपालिकाले ढुङ्गा छाप्ने काम निरन्तर गर्दै आएको छ । लकडाउनपछि जिल्ला आउने आगन्तुक तथा पर्यटकहरु तानसेन बजारमा हिँड्दा फरक महशुस गर्नेछन् । हिलो र धुले सडकमा मार्वल ढुङ्गा बिछ्यापछि सडक र बजारमा सौन्दर्यकरण बढेको छ ।

ढङ्गा छाप्ने क्रममा सडक फराकिलो पारिएको छ । सडकमा ग्रेनाइट ढुङ्गा छापेपछि तानसेन बजारको स्वरुप नै बदलिएको छ । लकडाउनको समयमा तानसेन नगरको स्वरुप नै परिवर्तन गरेकोमा तानसेनवासीमा सुखीयाली छाएको स्थानीय टंक भण्डारीले बताए । लकडाउनको समयमा काम गर्न सजिलो भएको महशुस निर्माण व्यवसायीले गरेका छन् । लकडाउनको समयमा अन्य समयमा भन्दा काम गर्न सहज भएको र जिल्लामा काम गर्ने वातावरण मिलेको निर्माण कम्पनी सिएम शिवालय जेभीको भनाई छ ।

आउदो असार मसान्त भित्र सक्ने गरी १ करोड ८३ लाख रुपैयाँमा ढुङ्गा छाप्ने सम्झौता गरेको निर्माण कम्पनीले लकडाउनमा समेत काम गर्न पाएकाले काम सकिने निर्माण कम्पनीको दावी रहेको छ । २० जना कामदारहरुमा दुरी कामय गराउँदै तानसेन नगर सौन्दर्यकरणमा जुटेको निर्माण व्यवसायी केदारप्रसाद चौलागाईले बताए । सडकमा बिछ्याएको ढुा टिकाउ र बलियो बनाउन सबैभन्दा तल ६ ईन्चको ढुङ्गाको सोलिङ्ग, त्यसमाथि ३ इन्च ढलाई, सिमेन्ट ढलाई माथि ग्रेनाइट ढुङ्गा छाप्ने काम हुँदै आएको छ ।

लकडाउन खुलेपछि काम गर्न असहज हुने, सडकमा सवारी साधन नियन्त्रण गर्न समेत कठिनाई हुने स्थिति देखिएकाले मन्त्रालयसँग समन्वय गरी कामदारहरुको निश्चित दुरी बनाएर नगर सौन्दर्यकरणमा जुटेको तानसेन नगरपालिकाले जनाएको छ । लकडाउनको समयमा पनि नगर भित्रका ठूला–ठूला योजनाको काम निरन्तर भईरहेकाले नगर प्रमुख अशोककुमार शाहीले बताए । लकडाउनको समयमा समेत ठूला–ठूला योजनामा निरन्तर काम जारी राखेकाले तानसेन नगरपालिकाको ७८ प्रतिशत प्रगति देखिएको छ ।

समय व्यवस्थापन गरी काम गर्दा निर्माण व्यवसायी, उपभोक्ता तथा मजदुरहरु समेत प्रत्यक्ष लाभान्वित भएका छन् भने तानसेन नगरपालिकाका ठूला योजना समयमै सकिने भएका छन् । नगरका ठूला योजना अन्तर्गत तानसेन बतासे, सम्मोबारीको सडक चौडा बनाउने, भालेवासदेखि दमकडा जोड्ने सडक, वडा १ देखि वडा १२ जोड्ने सडक जस्ता ठूला पूर्वाधारका काम निरन्तर चलिरहेको तानसेन नगरपालिकाले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ