arrow

भारतमा कोरोना संक्रमितको संख्या लाख नाघ्यो

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या एक लाख नाघेको छ । संक्रमण निकै चरम गतिमा पुगेको छ । सोमबार २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएपछि कुल संक्रमितको संख्या १ लाख ३२८ पुगेको छ । 

यसअघि आइतबार २४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका थिए । यो अहिलेसम्मकै उच्च हो । 

यसअघि शनिबार ४ हजार ७ सय ९२ जना संक्रमित थपिएका थिए । त्यसअघि गत हप्ताको आइतबार एकैदिन भारतमा सबैभन्दा बढी ४ हजार २९६ जना संक्रमित भएका थिए ।

पछिल्लो हप्तादेखि भारतमा संक्रमितको संख्या चरम रुपले बढिरहेको छ ।  

अहिलेसम्म ३९ हजार २३३ जनालाई निको भएको छ । २४ घण्टामा २ हजार ४३८ जनालाई निको भएको छ । 

ज्यान जानेको संख्या ३ हजार १५६ पुगेको छ । २४ घण्टाको अवधिमा १३१ जनाको ज्यान गएको छ । 

कहाँ कति संक्रमित  र मृतक ?
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । सोमबार महाराष्ट्रमा २ हजार ५ जना संक्रमित थपिएका छन् । यसअघि आइतबार महाराष्ट्रमा अहिलेसम्मकै बढी २ जार ३४७ जना संक्रमित भएका थिए । 

एक साताभर दैनिक महाराष्ट्रमा हजार भन्दा बढी संक्रमित थपिएका छन् । महाराष्ट्रमा ३५ हजार ५८ संक्रमित भएका छन् । सोमबार ५१ जनाको ज्यान जाँदा मृतक १ हजार २४९ जना पुगेका छन् । 

गुजरातमा संक्रमित ३६६ थपिएर ११ हजार ७४६ पुगेका छन् । मृतक ३५ थपिएर ६९४ पुगेका छन् । 

त्यस्तै तमिलनाडुमा ५३६ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित ११ हजार ७६० पुगेका छन् । मृतक ८२ पुगेका छन् । 

दिल्लीमा ३६६ जना थपिएर संक्रमित १० हजार ५४ जना पुगेका छन् । मृतक १२ थपिएर १६० पुगेका छन् । 

मध्यप्रदेशमा २५९ जना थपिएर ५ हजार २३६ संक्रमित पुग्दा मृतकको संख्या २५२ पुगेको छ ।

राजस्थानमा ३०५ जना थपिएर संक्रमित ५ हजार ५०७ पुगेका छन् ।  मृतक १३८ पुगेका छन् ।

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै ११ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

भारतमा चौथो चरणमा यही मे ३१ तारिखसम्म लकडाउन बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ