arrow

अमेरिकामा कोरोनाको संक्रमण उस्तै, मृतक फेरि बढे 

सोमबार पेन्सिल्भानियामा सबैभन्दा बढी मृतक 

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-trump.jpg

काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्या पछिल्ला दिनमा घट्दै जाँदा सोमबार फेरि बढेको छ । गत हप्ताको सुरुआती दुई दिन आइतबार र सोमबार त्यो संख्यामा कमी आए पनि मंगलबारदेखि फेरि पुरानै लयमा संक्रमित र मृतक बढेका थिए । 

तर आइतबार संक्रमित १९ हजार ८९१ जना थपिएका थिए । शनिबार २३ हजार ५८९ जना थपिएका थिए । यो आँकडा हेर्दा सोमबार घट्ने अनुमान भएकामा बढेर २२ हजार ४४६ जना थपिएका छन् । 

विश्वभर ४८ लाख ८८ हजार संक्रमित हुँदा अमेरिकामा मात्रै १५ लाख ५० हजार ११० जना संक्रमित भएका छन् । 

मृतकको संख्या ९१ हजार ९७७ पुगेको छ । नयाँ मृतक २४ घण्टामा ९९९ थपिएका छन् । आइतबारको तुलनामा मृतक बढेका छन् । आइतबार मृतक ८६५ थपिएका थिए । शनिबार १ हजार ८९ जना थपिएका थिए । यसअघिका दिनमा दैनिक १५ सय भन्दा बढीको ज्यान जाँदै आएको थियो । 

निको हुनेको संख्या ३ लाख ५५ हजार ८२१ पुगेको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ६१ हजार २६३ जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ४८० पुगेको छ । सोमबार १५५ जना नयाँ मृतक थपिएका छन् ।

आइतबार नयाँ मृतक १९१ थपिएका थिए । आइतबार सबैभन्दा बढी मृत्यु पनि न्यूयोर्कमै भएको थियो । पहिलो पटक न्यूयोर्कमा शनिबार एक जनाको पनि ज्यान गएन ।

न्यूजर्सीमा १ लाख ५० हजार ८७  जना संक्रमित हुँदा १० हजार ४४३ जनाको ज्यान गएको छ । 

सोमबार भने सबैभन्दा बढी पेन्सिल्भानियामा १६७ जनाको ज्यान गएको छ । त्यहाँ ६६ हजार ६७२ जना संक्रमित भएका छन् । 

त्यस्तै सोमबार सबैभन्दा बढी संक्रमित इलिनोइसमा थपिएका छन् । त्यहाँ २ हजार २९४ जना संक्रमित थपिएका छन् । त्यहाँ ९६ हजार ४८५ जना संक्रमित भएका छन् । मृतक ४ हजार २३४ भएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 

उनले कुनै पनि हालतमा अब लकडाउन खोल्ने बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ