arrow

विश्वमा कोरोनाबाट संक्रमित ४९ लाख नजिक, यस्तो छ शीर्ष ३१ देशको तथ्यांक

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या मंगलबार बिहानसम्म ४८ लाख ९० हजार ६६४ पुगेको छ । मृतकको संख्या अहिलेसम्म ३ लाख २० हजार १२५ जनाको ज्यान गएको छ । मृतक घट्दै गएका छन् । 

निको हुनेको संख्या १९ लाख ७ हजार ३२७ जना मात्रै रहेको छ । 

२१३ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख ५० हजार २९४ पुगेको छ । ९१ हजार ९८१ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको रुसमा २ लाख ९० हजार ६७८ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ७२२ पुगेको छ । 

तेस्रो स्थानको स्पेनमा संक्रमित २ लाख ७८ हजार १८८ जना संक्रमित हुँदा मृतकको संख्या २७ हजार ७०९ जना पुगेका छन् । 

चौथो स्थानमा पुगेको ब्राजिलमा २ लाख ५५ हजार ३६८ जना संक्रमित हुँदा मृतक १६ हजार ८५३ पुगेको छ । 

पाँचौ स्थानमा बेलायत रहेको छ । बेलायतमा संक्रमितको संख्या २ लाख ४६हजार ४०६ पुगेको छ । मृतक ३४ हजार ७९६ रहेका छन् । 

छैटौं स्थानको इटालीमा २ लाख २५ हजार ८८६ जना संक्रमित हुँदा ३२ हजार ७ जनाको ज्यान गएको छ । 

सातौं स्थानको फ्रान्समा १ लाख ७९ हजार ९२७ जना संक्रमित हुँदा २८ हजार २३९ जनाको ज्यान गएको छ । 

आठौं स्थानको जर्मनीमा १ लाख ७७ हजार २८९ जना संक्रमित हुँदा ८ हजार १२३ जनाको ज्यान गएको छ । 

नवौं स्थानको टर्कीमा १ लाख ५० हजार ५९३ जना संक्रमित हुँदा ज्यान गुमाउनेको संख्या ४ हजार १७१ छ । 

दशौं स्थानको इरानमा १ लाख २२ हजार ४९२ जना संक्रमित हुँदा ७ हजार ५७ जनाको ज्यान गएको छ । 

११ औं स्थानको भारतमा १ लाख ३२८ जना संक्रमित भएका छन् । ३ हजार १५६ जनाको ज्यान गएको छ । 

१२ औं स्थानमा पेरु रहेको छ । संक्रमितको संख्या ९४ हजार ९३३ जना रहेकामा मृतकको संख्या २ हजार ७८९ रहेको छ । 

१३ औं स्थानको चीनमा ८२ हजार ९६० जना संक्रमित हुँदा ४ हजार ६३४ जनाको ज्यान गएको छ । 

१४ औं स्थानको क्यानडामा ७८ हजार ९६० जना संक्रमित हुँदा ५ हजार ८४२ जनाको ज्यान गएको छ । 

१५ औं स्थानको साउदी अरेबियामा ५७ हजार ३४५ जना संक्रमित हुँदा मृतक ३२० पुगेका छन् ।

१६ औं स्थानको बेल्जियममा ५५ हजार ५५९ जना संक्रमित हुँदा ९ हजार ८० जनाको ज्यान गएको छ । 

१७ औं स्थानको मेक्सिकोमा ५१ हजार ६३३ जना संक्रमित हुँदा ५ हजार ३३२ जनाको ज्यान गएको छ । 

१८ औं स्थानको चिलीमा ४६ हजार ५९ जना संक्रमित हुँदा ४७८ जनाको ज्यान गएको छ । 

१९ औं स्थानको नेदरल्यान्डमा ४४ हजार १४१ जना संक्रमित हुँदा ५ हजार ६९४ जनाको मृत्यु भएको छ ।

२० औं स्थानको पाकिस्तानमा ४२ हजार १२५ जना संक्रमित हुँदा ९०३ जनाको ज्यान गएको हो । 

२१ औं स्थानको कतारमा संक्रमितको संख्या ३३ हजार ९६९ हुँदा १५ जनाले ज्यान गुमाएका छन् । 

२२ औं स्थानको इक्वेडरमा ३३ हजार ५८२ जना संक्रमित हुँदा २ हजार ७९९ को ज्यान गएको छ ।

२३ औं स्थानको स्वीटजरल्यान्डमा ३० हजार ५९७ जना संक्रमित हुँदा १ हजार ८८६ जनाको ज्यान गएको छ ।  

२४ औं स्थानको बेलारुसमा ३० हजार ५७२ जना संक्रमित हुँदा १७१ जनाको ज्यान गएको छ ।

२५ औं स्थानको स्वीडेनमा ३० हजार ३७७ जना संक्रमित हुँदा ३ हजार ६९८ जनाको ज्यान गएको हो ।

२६ औं स्थानको पोर्चुगलमा २९ हजार २०९ जना संक्रमित हुँदा १ हजार २३१ जनाको ज्यान गएको छ ।

२७ औं स्थानको सिंगापुमा २८ हजार ३४३ जना संक्रमित हुँदा २२ जनाको मात्र ज्यान गएको छ ।

२८औं स्थानको आयरल्यान्डमा २४ हजार २०० जना संक्रमित हुँदा १ हजार ५४७ जनाको ज्यान गएको छ ।

२९ औं स्थानको युएईमा २४ हजार १९० जना संक्रमित हुँदा २२४ जनाको ज्यान गएको छ ।

३० औं स्थानको बंगलादेशमा २३ हजार ८७० जना संक्रमित हुँदा ३४९ जनाको ज्यान गएको छ ।

३१ औं स्थानको पोल्यान्डमा १८ हजार ८८५ जना संक्रमित हुँदा ९३६ जनाको ज्यान गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ