arrow

सरकार म के गरौं ?

logo
कमलप्रसाद दहाल,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
kamal-prasad-dahal1.jpg

केही त भन सरकार म पनि तिमीजस्तै निदाउँ कि ?

भारतले सीमा मिच्यो थाहा पाइन भनौं कि
चीनले सगरमाथा मेरो भन्यो खै कहाँ भनौं कि
कालापानी लिपुलेक सुस्तामा भारतको मस्ति छ
सरकार जनताको नाममा तिमीले जस्तै मस्ती गनौं कि ?

कोरोनाले आक्रान्त बनेको छ देश होइन भनौं कि
तिमीले जस्तै पहिला मेरो कोरोना चेकजाँच गनौं कि 
मलाई पनि तिमी जस्तै बन्न मन लाग्यो हे सरकार
न्यायाधीश डाक्टर वैज्ञानिक वकिल मै बनौं कि ?

तामझाम हर्षबढाइँ रातो कार्पेट देखिन्छ सडकमा
रहर लाग्यो सरकार म पनि छोटे राजा बनौं कि 
सकियो भन्छौ अर्बौं रुपैयाँ राहत बाँडेर जनतालाई
सडक छेऊँ कुनामा बसी म पनि भीख मागौं कि ?

मरेपछि हुन्छ रे यहाँ कोरोना रोगको चेकजाँच
आर्यघाटमै सजिलो हुन्छ  शिविर उतै राखौ कि
लकडाउनमा घरमै बसि पालना गरेका छौं हामीले
तिम्रो संदेश रेडियो टिभी या सडकमा गै सुनौं कि ?

सेना प्रहरी स्वास्थ्य कर्मी खटिएका छन् दिनरात
उनिहरूको तलब काटि बैठक भत्ता बढाउँ  कि
पत्रकारहरु चौथो अंग हुन् रे यो राष्ट्र  नेपालको
जनतालाई सजग गराउने यिनै हुन् खुट्टा भाचौं कि ?

सरकार तिम्रो विरोध गर्नेलाई यहाँ थुनिन्छ रे
 मेरो सरकारको जय होस् भनी नारा लगाउँ कि
सरकार तिमी त आनन्द मस्त निन्द्रामा छौ
केही त भन सरकार म पनि तिमीजस्तै निदाउँ कि ?



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ