arrow

मध्यान्ह १२ बजेको संसद बैठकमा प्रधानमन्त्री ओली

सांसदहरुले नीति तथा कार्यक्रममा प्रश्नमा ओलीले जवाफ दिने 

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
kp-oli-parliament.JPG

काठमाडौं । सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिँदैछन् । 

मंगलबार बस्ने संसद बैठकमा प्रधानमन्त्री ओलीले जवाफ दिन लागेका हुन् । संसद बैठक मध्यान्ह १२ बजे बस्दैछ । 

गत शुक्रबार विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् ।

संवैधानिक प्रावधान अनुसार सरकारले जेठ १५ गते वार्षिक बजेट पेश गर्नेछ । 

त्यसअघि छोटो समयका लागि भएको दुई दिने नीति तथा कार्यक्रमको छलफलमा १ सय १८ जना सांसदले भाग लिएका थिए ।

विभिन्न राजनीतिक दलका तर्फबाट नीति तथा कार्यक्रममा सात वटा संशोधन प्रस्तावसमेत परेको छ ।

प्रधानमन्त्रीको जवाफपछि  नीति तथा कार्यक्रममाथि संशोधन निर्णयार्थ पेश गरिनेछ । संशोधनको छिनोफानोपछि नीति तथा कार्यक्रम पारित हुनेछ ।

संशोधनका लागि सत्तारुढ दलकै सांसदहरुले आपत्ति जनाउँदै संशोधन हालेका छन् । कांग्रेसले यो नीति तथा कार्यक्रमलाई गत वर्षको फोटोकपि भनेको छ । 

कोरोना संक्रमणको समाधानका लागि नीति तथा कार्यक्रममा योजना नरहेको र भारतले सीमा मिचेको बारेमा पनि उल्लेख्य कुरा केही नआएपछि सरकारको आलोचना भएको छ । 

अमेरिकी सहयोग एमसीसीबारे छलफल बिना फेरि ल्याएको भन्दै नेकपाका नेताहरु रुष्ट भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ