arrow

राष्ट्रपति डिल्मालाई महाअभियोग लगाएर सत्ता हत्याए उप राष्ट्रपतिले

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
dilma-russef-temor.jpg.jpeg
रियो डि जानेरो । ब्राजिलकी उप राष्ट्रपति मिसेल टेमर वर्तमान राष्ट्रपति डिल्मा रुसेफबाट सम्भावित सत्ता हस्तान्तरणको तयारीका क्रममा विभिन्न क्षेत्रका नेताहरुसँग छलफलमा व्यस्त रहेका छन् । टेमरले सोमबार केन्द्रिय बैंकका पूर्व अध्यक्ष हेन्रीक्जे मैरेल्लस आर्थिक निती र आफ्नो सम्भावित प्रशासनको विषयमा छलफल गरेको ब्राजिलको समाचार समितिले जानकारी दिएको छ । 
 
रुसेफ राष्ट्रपति पदबाट निलम्बन भएपछि सत्ता लिने तयारीको लागि केही हप्तायता टेमर विभिन्न नेताहरुसँग छलफलमा व्यस्त रहेका छन् ।करिब दुई हप्ता अगाडि ब्राजिल संसदको तल्लो ससद् “च्याम्बर अफ टेप्युटिज” मा दुई तिहाई भन्दा बढी सदस्यले राष्ट्रपति डिल्मा रुसेफविरुद्ध दर्ता गराएको महाअभियोग समर्थनमा मतदान गरेका थिए । 
 
संसदको तल्लो सदन–‘च्याम्बर अफ डेप्युटिज’ का दुई तिहाई भन्दा बढी सांसद अर्थात ३४२ जनाले महाअभियोग लगाउनुपर्ने पक्षमा मतदान गरेका थिए । त्यसपछि कुनै पनि दिनमा संसदले राष्ट्रपतिमाथि महाअभियोग लागेको औँपचारिक घोषणा गर्न मिल्ने भएको थियो । ब्राजिलमा राष्ट्रपति महाअभियोग प्रमाणित हुन संसदको दुई तिहाई मत आवश्यक छ । परिणामस्वरुप वर्तमान राष्ट्रपति रुसेफ निष्कासित हुनु हुने छ । 
 
ब्राजिल संसदको उच्च आयोगले रुसेफमाथि लागेको महाअभियोगको प्रक्रिया अगाडि बढाउने छ । महाअभियोग प्रक्रियाको सुनुवाई सुरु भएपछि रुसेफलाई १८० दिनको लागि निलम्बन गर्न सकिने प्रावधान रहेको छ । राष्ट्रपति निलम्बन भएको यस अवधीमा उप राष्ट्रपति मिसेललाई कार्यबाहक राष्ट्रपतिको कार्यभार सुम्पिइने बताइएको छ ।सिन्ह्वा 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ