arrow

झापामा ९ जना कोरोना संक्रमित थपिए

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
jhapa.jpg

झापा। झापामा मात्र मंगलबार थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल बिराटनगरको कोरोना उपचार केन्द्रले मंगलबार बिहान परिक्षण गरिएका मध्ये झापा कचनकवल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण पुष्टि गरेको छ । 

यस अघि सोमबार मात्रै कचनकवलका एक जनामा संक्रमण पुष्टि भएको थियो । झापामा अहिलेसम्म संक्रमितको संख्या १२ पुगेको छ । त्यस मध्ये २ जना उपचार पछि निको भएर अस्पतालबाट डिसचार्ज भएका छन ।

मंगलबारै सुनसरीमा २ जनामा संक्रमण देखिएको छ । यो संगै प्रदेश १ मा ५४ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । त्यस मध्ये १८ जना निको भएर घर फर्किएका छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ