- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
झापा । झापा जिल्लाको कचनकबल गाउपालिकामा पछिल्लो समय भारतबाट आएकाहरुमा कोरोनाको संक्रमण पुष्टि भएसंगै उक्त इलाका कोरोनाको उच्च जोखिममा परेको छ ।
भारतको मुम्बईबाट दिल्ली हुँदै नेपाल आएर क्वारेन्टाइनमा बसेका एकै गाउँका १० जनामा कोरोना देखिएपछि गाउँनै उच्च जोखिममा परेको सो क्षेत्रका प्रदेशसभा सदस्य बसन्त बानियाँले जानकारी गराएका छ्न ।
सरकारले बैधानिक रुपमा नेपाल भित्र्याएर राखिएकामा कोरोना संक्रमण परिक्षण गरि साबधानी अपनाइएपनी र सुरक्षाकर्मिहरुको आँखा छलेर नेपाल प्रवेस गर्न सक्ने सम्भावना भएको इलाका भएकाले केचनाकबलमा कोरोनाको जोखिम बढेको बानियाँ बताउछ्न ।
कचनकवलका ७ वटा वडा मध्ये ५ वटा वडाको अधिकांश भु-भाग भारतसंग सिमा जोडिएको छ । यस क्षेत्रमा पर्ने खेतीयोग्य जमिन भारतसंग जोडिएकाले सुरक्षाकर्मिको आँखा छलेर भारतबाट मानिसहरु नेपाल तर्फ प्रवेस गर्न सक्ने भएकोले जोखिम बढेको भन्दै त्यहाका स्थानीयहरु त्रसित बनेका छन् ।
मंगलबार पनि पाठामारीमा ६ जना र केचनामा ५ जना सिमामा आएर बसेका छन् । त्यसका साथै भारतको चेन्नईबाट पनि एउटा बस रिजर्भ गरेर मानिसहरु आउँदै गरेको जानकारी प्राप्त भएको कचनकवल ६ बनियानीका वडाध्यक्ष कुलबहादुर कार्कीले बताए ।
उनिहरुलाई पनि सुरक्षित रुपमा नेपाल ल्याई परिक्षण गरि क्वारेन्टाइनमा राखिने वडा अध्यक्ष कार्कीले बताए ।