arrow

नेपालका ३६ जिल्लामा पुग्यो कोरोना, संक्रमितहरुको संख्या ४०२ पुग्यो

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ जेठ ६ मंगलबार
corona-nepal-health.jpg

काठमाडौं। नेपालमा कोरोना संक्रमितहरु २७ जना थपिएका छन्। थपिएका २७ पछि नेपालमा कोरोना संक्रमितहरुको संख्या ४०२ पुगेको छ। संक्रमित मध्ये पुरुष ३४० र ६२ महिला छन्। 

मंगलवार थपिएका २७ मध्ये २४ पुरुष र ३ महिला छन्। थपिएका संक्रमितहरुमा झापाका ९, काठमाडौं ३, कपिलबस्तुका ४, सर्लाहीका २ जना छन्। त्यसैगरि मोरङ, सुनसरी, भक्तपुर, मकवानपुर, रामेछाप, ललितपुर, सिन्धुली, लमजुङ, नवलपरासीका एक एक जना संक्रमित थपिएका छन्। अहिलेसम्म ३६ जिल्लाका स्थानियलाई कोरोना देखिएको छ। 

संक्रमितहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा इपिडिमियोलोजी शाखाले काम शुरु गरेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिएका छन्। 
 
कोशी अस्पतालबाट २५ दिनपछि झापाका एक कोरोना संक्रमित व्यक्ति डिस्चार्ज भएका छन्। 
देशभर अहिलेसम्म ३७ जना डिस्चार्ज भएका छन्। 

अहिलेसम्म ३२ हजार ६०४को पिसीआर विधीबाट कोरोना परिक्षण भएको छ। २१ हजार ६२३ क्वारेन्टाइनमा रहेका छन् भने ४५७ आइसोलेसनमा रहेका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ