arrow

गुल्मी : शिक्षक संक्रमित मदानेका ३० को स्वाब संकलन

logo
प्रकाशित २०७७ जेठ ६ मंगलबार
pcr-test-corona-nepal.jpg

गुल्मी। पहिलो पटक ४१ वर्षीय एक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएपछि पिसिआर परीक्षणका लागि मदाने गाउँपालिकाका ३० जनाको स्वाब संकलन गरिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा भवानीप्रसाद शर्माको नेतृत्वमा गुल्मी अस्पतालका डा उत्तम पाच्यसहितकोे टोली आज गाउँपालिकाअन्तर्गत संक्रमित क्षेत्र पुर्कोट दहमा पुगेर स्वाब संकलन गरेको हो।

स्वास्थ्यकर्मीको टोलीले पहिलो चरणमा संक्रमितको परिवार र उनीसँग सम्पर्कमा रहेका व्यक्तिको स्वाब निकालेको छ। स्वाब परीक्षणका लागि  भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाइने तयारी गरिएको डा शर्माले बताए। संक्रमणबाट उत्पन्न हुन सक्ने थप जोखिमलाई ध्यानमा राखी स्थानीय गाउँपालिकाले अर्को सूचना नगर्दासम्मका लागि संक्रमित व्यक्तिको घर, उपचार गराएको स्वास्थ्य क्लिनिक र गाउँपालिकालाई पूर्णरुपमा बन्द गरिएको जनाएको छ। 

गाउँपालिकाले विज्ञप्ति निकालेर पालिकावासीलाई धैर्य रहन र कोरोना भाइरसविरुद्धका सुरक्षा उपाय तथा सतर्कता अपनाउनसमेत आग्रह गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले बताए। 

पुर्कोट दहमा अध्यापनरत एक शिक्षकमा सोमबार कोरोना संक्रमण भएको पुष्टि भएको हो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ