arrow

भारतमा कोरोना संक्रमितको संख्या अहिलेसम्मकै उच्च 

एकैदिन ६ हजार १४८ संक्रमित थपिए, मृतक  ३ हजार ३०२ पुगे

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
corona-india2.jpg

काठमाडौं । भारतमा कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । संक्रमण निकै चरम गतिमा पुगेको छ । २४ घण्टाको अवधिमा बुधबार बिहान सबैभन्दा बढी ६ हजार १४८ जना नयाँ संक्रमित थपिएका छन् । 

यो संख्या अहिलेसम्मकै उच्च हो । मंगलबार बिहान २४ घण्टाको अवधिमा ४ हजार ६२९ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार २४ घण्टाको अवधिमा ५ हजार ४९ जना संक्रमित थपिएका थिए । 

संक्रमितको संख्या एक लाख ६ हजार ४७५ पुगेका छन् । त्यसैगरी मृतक ३ हजार ३०२ पुगेका छन् । २४ घण्टामा १४६ मृतक थपिएका छन् । 

निको हुनेको संख्या ४२ हजार ३०९ जना पुगेका छन् । २४ घण्टामा ३ हजार ३२ जनालाई निको भएको छ । 

कहाँ कति संक्रमित  र मृतक
महाराष्ट्र सबैभन्दा बढी पीडित बनेको छ । मंगलबार महाराष्ट्रमा २ हजार ७८ जना संक्रमित थपिएका छन् । सोमबार २ हजार ५ जना संक्रमित थपिएका थिए । यसअघि आइतबार महाराष्ट्रमा अहिलेसम्मकै बढी २ जार ३४७ जना संक्रमित भएका थिए । 

महाराष्ट्रमा ३७ हजार १३६ संक्रमित भएका छन् । मंगलबार ७६ जनाको ज्यान जाँदा मृतक १ हजार ३२५ जना पुगेका छन् । 

तमिलनाडुमा ६८८ जना संक्रमित थपिएका छन् । त्यहाँ संक्रमित १२ हजार ४४८ पुगेका छन् । मृतक ८५ पुगेका छन् । 

गुजरातमा संक्रमित ३९५ थपिएर १२ हजार १४१ पुगेका छन् । मृतक २५ थपिएर ७१९ पुगेका छन् । 

दिल्लीमा ५०० जना थपिएर संक्रमित १० हजार ५५४ जना पुगेका छन् । मृतक १६६ पुगेका छन् । 

राजस्थानमा ३३८ जना थपिएर संक्रमित ५ हजार ८४५ पुगेका छन् ।  मृतक १४३ पुगेका छन् ।

मध्यप्रदेशमा २२९ जना थपिएर ५ हजार ४६५ संक्रमित पुग्दा मृतकको संख्या २५८ पुगेको छ ।

भारतमा पछिल्लो समय तीव्र रुपमा संक्रमितहरु बढ्दै जाँदा विश्वभरमै ११ औं स्थानमा आइपुगेको छ । 

सुरुआती दुई महिनामा खासै कोरोनाको प्रभाव नपरेको भारतमा अप्रिलदेखि भने तीव्र रुपमा संक्रमित र मृतक थपिएका छन् । 

भारतमा चौथो चरणमा यही मे ३१ तारिखसम्म लकडाउन बढाइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ