arrow

कांग्रेसले दियो तानसेन १० का ६५ परिवारलाई राहत, बिपन्नलाई नछुटाएर राहत बाँड्न नगरपालिकालाई ध्यानाकर्षण 

logo
सीता डोटेल, 
प्रकाशित २०७७ जेठ ७ बुधबार
99010940_593704174876641_76.jpg

पाल्पा  । नेपाली कांग्रेस तानसेन वडा नं १० वडा समितिले नगरपालिकाले राहत नदिएका ६५ घर परिवारलाई राहत स्वरूप खाद्यान्न वितरण गरेको छ । 

राहत पाउनुपर्ने परिवारलाई पनि नगरपालिकाले राहत नदिएको भन्दै नेपाली कांग्रेस वडा समितिले राहत संकलन गरि वडामा रहेका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरिएको पार्टीका वडा सभापति रामचन्द्र कार्कीले जानकारी दिए ।

राहतका वितरण कार्यक्रममा बोल्दै कांग्रेसका महासमिति सदस्य हिमालदत्त श्रेष्ठले राहत बितरण एकद्वार प्रणालीबाट गर्न उपयुक्त हुने भनी कांग्रेसले सबै पालिकाहरूले स्थापना गरेको राहत कोषमा रकम जम्मा गरेको जानकारी गराउँदै नगरपालिकाले वास्तविक समस्यामा परेकाहरूलाई राहत नदिएर कतिपय हुने खानेहरूलाई दिएको गुनासो आएको छ । 

नेपाली कांग्रेसले दोस्रो चरणको राहत वितरण तत्काल अगाडि बढाउन नगरपालिकाको ध्यानाकर्षण गराए पनि दोस्रो चरणको राहत वितरण सुरु नगर्दा दैनिक ज्यालादारी काम गरेर जिविकोपार्जन गर्ने मजदुरहरू समस्यामा परेकोले कांग्रेसले आफ्नो तर्फबाट सकेजति राहत वितरण गर्न थालेको उनले जानकारी दिए । 

लकडाउन भएको ५५ दिन बितिसक्दा पनि नगरपालिकाले दोस्रो चरणको राहत वितरण नगर्दा अति विपन्न परिवार समस्यामा परेको भन्दै महासमिति सदस्य श्रेष्ठले यस्तो महामारीको बेलामा पनि नगरपालिकाले राहत वितरणमा भेदभाव गर्नु आपत्तिजनक भएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला नेता शिवचन्द्र खनाल, नेपाल विद्यार्थी संघ पाल्पाका कार्यबाहक सभापति सुरेश बोहोरा लगायत सहयोगदाताहरूले राहत वितरण गरेका थिए ।

पहिलो चरणको राहत पाएकाहरूलाई दोस्रो चरणको राहत आवश्यक परिसकेको अवस्थामा पहिलो चरणमै राहत पाउनुपर्ने विपन्न परिवारले राहत नपाउँदा उनीहरूलाई दैनिक गुजारा चलाउन समस्या परेकोले कांग्रेस वडा समितिले वडावासीहरूबाटै राहत संकलन  गरेर वितरण गरेको वडा सभापति कार्कीले जानकारी दिए ।

राहत वितरणका लागि तानसेन गुठी काठमाडौले १९ घर परिवारलाई राहत उपलब्ध गराएको सभापति कार्कीले बताए । संकलित राहत मध्ये नेपाली कांग्रेसका जिल्ला नेता शिवचन्द्र खनालले बच्चाका लागि १६ प्याकेट पौष्टिक आहार र हातधुने साबुन उपलब्ध गराएको र अन्य राहत सोहि वडावासि समाजसेवी एवं विदेशमा पढ्ने विद्यार्थीहरूले समेत सहयोग गरेको जनाइएको छ । 

राहत स्वरूप १५ केजी चामल,१ केजी,दाल,१ केजी नुन,१ लिटर खाने तेल वितरण गरिएको थियोे ।

नेपाली कांग्रेस वडा समितिले मंगलबार नै  नगरपालिकाको वडा कार्यालयमा ध्यानाकर्षण पत्र बुझाउँदै तत्काल दोस्रो चरणको राहत वितरण गर्न र पहिलो चरणमा छुटेकाहरूलाई समेत समेटेर राहत वितरण गर्न माग गरेको पार्टीका वडा समिति कोषाध्यक्ष दामोदर घिमिरेले जानकारी दिए ।

राहत वितरणलाई राजनीतिसँग मात्रै नजोडेर मानवीय हिसाबले भेदभाव रहित बनाउन पनि कांग्रेसले माग गरेको छ । सो अवसरमा वडामा रहेका १६ जना बालबालिकाहरूलाई पौष्टिक आहार र हात धुने साबुन समेत वितरण गरिएको थियोे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ