- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । कोरोना भाइरसको संक्रमणबीच यतिबेला नेपाल र भारतमा लकडाउन रहेको छ ।
लकडाउनका कारण सहज रुपमा एक देशबाट अर्को देशमा पुग्न सहज छैन ।
जुन देशका नागरिक जुन देशमा छन् त्यहीं त्यही देशको सरकारले व्यवस्थापन गर्नुपर्छ ।
धेरैजसो नेपालीहरु भारतबाट नेपाल आउन पाएका छैनन् । आउन पाएका नेपाली पनि दुःख पाएर आएका छन् ।
भारतस्थित नेपाली दूतावासले राम्रो भूमिका नखेलेका कारण नेपालीहरुले भारतमा दुःख पाइरहेका छन् ।
त्यसैले पनि होला नेपालीहरु नेपाल सरकारविरुद्ध आक्रोशित भइरहेका छन् ।
नेपाल आउन खोजेका नेपालीहरु भारतको बहराइच साथी तिलक इन्टर कलेजमा उनीहरुले आफूहरु अलपत्र परेको भन्दै केपी शर्मा ओली सरकारविरुद्ध नाराबाजी गरेका छन् ।
आफूहरुलाई खाने बस्नेसमेत व्यवस्था नहुँदा ‘तपाईले के हेरेर बस्नुभएको छ ?’ भनी पीडितहरुले प्रश्न गरेका छन् ।
‘तपाईलाई जनताले यसरी दुःख पाएको देख्दा अलिकति पनि लाज लाग्दैन ?’ एक पीडित महिलाले भनिन् ।
उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध नाराबाजीसमेत गरेका छन् । विदेशबाट नेपालीहरुलाई स्वदेशमा ल्याउनका लागि अहिलेसम्म सरकारले कुनै योजना बनाएको छैन ।
मंगलबारमात्रै कम्तीमा ६ लाख नेपालीलाई स्वदेश ल्याउनु पर्ने देखिएको समेत तथ्यांक बाहिर आएको थियो ।
परीक्षण बिना भारतबाट नेपालीहरुलाई ल्याउँदा भने तीव्र गतिमा कोरोना नेपालमा फैलिएको छ ।
भिडियो-