arrow

कोरोना संक्रमित प्रधानाध्यापकको स्वास्थ्य अझै स्थिर, अफवाहले अस्पताल दवावमा 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
crimson-hospital-butwal.gif

बुटबल । रुपन्देहीको क्रिमसन अस्पतालमा उपचाररत गुल्मीका कारोना संक्रमितको स्वास्थ्य अवस्था  अझै स्थिर रहेको छ । 

उपचाररत मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको भेन्टिलेटरको सहायतामा आइसियू कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

केही मिडियाहरुले उनको निधनसमेत भइसकेको भनी समाचार बनाएपछि अस्पतालले आपत्ति जनाउँदै उनको उपचार भइरहेको उल्लेख गरेको छ । 

अस्पतालका सूचना अधिकृत मनमोहन भट्टराईले मिडियामा आएजस्तो स्थिति नभएको तर बिरामीको स्वास्थ्य भने गम्भीर रहेको बताएका छन् । 

मिडियामा आएको समाचारले भने गलत अफबाह फैलाएको भन्दै अस्पतालले चिन्ता व्यक्त गरेको छ । 

गत मंगलबारदेखि नै उनको मृत्युको खवर कुनै कुनै मिडिया र सामाजिक संजालमा व्यापक रहेको छ । 

अस्पतालले ‘केही सामाजिक सञ्जाल तथा मिडियामा निज बिरामीको मृत्यु भएको भन्ने गलत भ्रामक, अतिरञ्जित समाचार सम्प्रेषण भई जनसमुदायमा अनावश्यक त्रासको वातावरण सिर्जना भएकोले यस सम्बन्धमा गलत समाचारको पछि नलाग्न सबैमा हार्दिक अपिल गर्दर्छौँ’ भनेको छ । 

एक हप्तादेखि  ज्वरो तथा टाउको दुखाइको समस्या भएपछि यही जेठ १ गते क्रिम्सन अस्पताल आएका उनलाई आकस्मिक विभागमा कार्यरत मेडिकल अफिसरलगायत स्वास्थ्यकर्मीको टोलीले उपचार शुरु गरेको हो । 

थप उपचारका लागि चिकित्सकीय टोलीले कोरोनाको आशंकामा पिसिआर परीक्षण गर्न  प्रदेश प्रयोगशालामा स्वाब पठाएकामा कोरोना संक्रमण देखिएको हो । 

मदानेको एक विद्यालयका प्रधानाध्यापक उनमा सोमबार कोरोना संक्रमण पुष्टि भएको हो । 

उनलाई कोरोना पुष्टि भएसंगै मदाने वरिपरि सिल गरिएको छ । 

त्यसैगरी अर्घाखाँची जिल्लाले समेत जिल्लाभरमा सिल गरेको छ । जोडिएका जिल्ला गुल्मी र कपिलवस्तुमा कोरोना संक्रमण देखिएपछि अर्घाखाँचीले आफूलाई सुरक्षित राख्न सिल गरेको हो । 

नेपालमा अहिलेसम्म कम्तीमा ४०२ जनामा कोरोना देखिएको छ भने २ जनाको ज्यान गइसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ