arrow

अमेरिकाले चीनलाई सोध्यो –२५ वर्षदेखि बेपत्ता तिब्बती लामा खोइ ? 

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
usa-china.jpg

काठमाडौं । अमेरिकाले २५ वर्षदेखि बेपत्ता तिब्बती पञ्चेन लामाको अवस्था जानकारी गराउन चीनसंग आग्रह गरेको छ । 

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले पञ्चेन लामा तिब्बती बुद्धिजम्का महत्वपूर्ण आध्यात्मिक अधिकारी भएकाले उनलाई पत्ता लगाउन चीनसंग आग्रह गरेका हुन् । 

पञ्चेनलाई तिब्बती धर्मगुरु दलाई लामापछिका दोस्रो महत्वपूर्ण व्यक्तित्व भनी अमेरिकाले पेश गरेको छ । 

तिब्बतीहरुको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानलाई निरन्तरता दिनका लागि अमेरिका गम्भीर भएको समेत पम्पेओले बताएका छन् । 

चीनले भने तिब्बतीहरुलाई कब्जामा लिएको छ र तिब्बतमा चीन विरोधी गतिविधि हुन दिइरहेको छैन । उनको दमनले अति गरिसकेको उल्लेख गदैै अमेरिकाले तिब्बतको साथामा रहेको समेत बताएको छ । 

विदेशमन्त्री पम्पेओले चीनमा सबै जसो धार्मिक मानिसहरुले कडा दमन र भेदभावको सामना गर्नु परिरहेको समेत दावी गरेका छन् । 

पञ्चेन लामाको गत मे १७ तारिखमा बेपत्ताको २५ औं वर्षगाँठ मनाएर स्मरण गरेको समेत पम्पेओले उल्लेख गरेका छन् । 

सन् १९९५ को मे १७ देखि पञ्चेन लामा बेपत्ता रहेका छन् । 

पम्पेओले चीनले लामालाई धेरै सताएको नलुकेको भन्दै ‘संयुक्त राज्य अमेरिका तिब्बतीहरुको धार्मिक, भाषिक र सांस्कृतिक पहिचानलाई हटाउनको लागि चलिरहेको पीआरसीको अभियानप्रति गहिरो चोसो राखेको छ ।’

पम्पेओले ‘तिब्बती बौद्धहरूले सबै धार्मिक समुदायका सदस्यहरू जस्तै उनीहरूको परम्परा र सरकारी हस्तक्षेप बिना धार्मिक नेताहरूको छनौट, शिक्षा र सम्मान गर्न सक्षम हुनुपर्दछ’ समेत भनेका छन् । 

अमेरिकी प्रतिनिधिसभाले यस वर्षको शुरुमा तिब्बतको समर्थनमा नीतिलाई सुदृढीकरण गर्न तिब्बती नीति र समर्थन ऐन (टीपीएसए) सर्वसम्मतिले पारित गरेको थियो । 

पछिल्लो समय चीन र अमेरिकाबीचको सम्बन्ध चिसिएसंगै अमेरिकाले चीनमाथि अधिकारकर्मीको विषयलाई उठाएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ