arrow

आईपीएल क्रिकेट: १८ बर्षिय रिसबको बिष्फोटक ब्याटिङले दिल्ली बिजयी

logo
प्रकाशित २०७३ वैशाख २१ मंगलबार
IPL_Rishab.jpg.jpeg
काठमाडौं। दिल्ली डेयरडेवोल्सले अंक तालिकामा पहिलो स्थानमा रहेको गुजरात लायन्सलाई ८ विकेटले परजित गरेको छ। आजको जीत पछि दिल्ली अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ। गुजराको ९ खेलमा ६ जितका साथ १२ अंक रहेको छ भने दिल्लीको ७ खेलमा ५ जितसँगै १० अंक रहेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो। दिनेश कार्तिकले ५३ रन बनाएका थिए भने रविन्द्र जडेजाले ३६* रनको योगदान दिएका थिए। 
 
दुई ब्याट्सम्यान जडेजा र कार्तिकको रनले गुजरातले सम्मानजनक स्कोर बानउन सफल भएको थियो। गुजरातका स्टार खेलाडी ड्वेयन स्मिथ, ब्रेण्डन मकलम र एरोन फिन्चले खासै रन बनाउन सकेनन्। समिथले १५, मकलमले १ र फिन्चले ५ रन बनाएका थिए। दिल्लीका सहबाज नदिमले २ विकेट लिएका थिए। 
 
जवाफमा ब्याटिङ गर्न ओर्लेको दिल्लीले १७.२ ओभरमा २ विकेट गुामउँदै १५० रन बनाउँदै जित हासिल गरेको थियो। पहिलो विकेटकालागि दिल्लीका क्विन्टन डेकक र रिसब पन्तको जोडीले ११५ रन जोडेको थियो। १८ बर्षिय रिसबले ४० बलमा ६९ रन बनाएका थिए भने डेककले ४६ रनको योगदान दिएका थिए। 
 
केलका प्लेयर अफ दम्याच रिसब पन्त घोषित भएका थिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ