arrow

आर्थिक पत्रकारहरुको कोरोना वीमा

logo
प्रकाशित २०७७ जेठ ७ बुधबार
sejon-insurance.jpg

काठमाडौं। नेपाल आर्थिक पत्रकार समाज (सेजन) मा आवद्ध आर्थिक पत्रकारहरुको कोरोना वीमा गरिएको छ। युनाईटेड इन्स्योरेन्स कम्पनी (नेपाल). लिमीटेडमार्फत सेजनमा आवद्ध सदस्यहरुको कोरोना बीमा गरिएको हो। सेजनले आफ्ना प्रत्येक सदस्यहरुको पचास हजार रुपैयाँ बराबरको वीमाङ्ग रकमको कोरोना वीमा गराएको छ। बीमापछि सेजनमा आवद्ध विभिन्न सञ्चार माध्यममा कार्यरत आर्थिक पत्रकारहरुलाई कोरोनाले पर्ने आर्थिक व्ययभारमा कम जोखीम हुनेछ।

युनाईटेड इन्स्योरेन्सले यस बन्दावन्दीको अवधीमा डिजिटल प्रविधिको माध्यमवाट बीमा सेवा प्रवाह गरिरहेको जनाएको छ । कम्पनीका अनुसार, हाल आफ्नो २९ वटै शाखा कार्यालयमार्फत मोटर, वीमा अग्नी वीमा, इन्जीनियरिङ्ग वीमा, कृषि तथा पशुपन्छी वीमा लगाएतका वीमा लेखहरु जारी गर्दै आएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ