रुसमा कोरोनाबाट तीन लाख सङ्क्रमित, करिव तीन हजारको मृत्यु
एएनआई,
प्रकाशित २०७७ जेठ ७ बुधबार
980
Shares
मस्को, रुस। विश्वका शक्तिशाली देशहरुको सूचीमा राखिने रुसमा पनि कोरोनाभाइरसका कारण सङ्क्रमित भएकाहरुको संख्या झण्डै तीन लाख पुगेको छ। अधिकारीहरुका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा मात्रै झण्डै आठ हजार ५०० नयाँ सङ्क्रमित थपिएका छन्। त्यसैगरी मृत्यु हुनेको संख्या २ हजार ९७२ रहेको पुगेको छ।एकै दिनमा १३५ जनाको मृत्यु भएपछि कोरोना भाइरसबाट मृत्य हुने व्यक्तिको संख्या लगभग ३ हजार पुगेको अधिकारीहरुले जनाएका छन्।
देशको राष्ट्रिय कोरोनाभाइरस नियन्त्रण केन्द्रले विरामीको संख्या दिनप्रतिदिन बढ्दै गएको भन्दै बुधबार चिन्ता व्यक्त गरेको छ। विश्वमै धेरै सङ्क्रमितहरु रहेको मध्ये दोस्रोमा रुस परेको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार धेरै सङ्क्रमितहरु रहेका देशहरुको सूचीमा सवैभन्दा अगाडी अमेरिका रहेको छ।
अमेरिकामा अहिलेसम्म १४ लाखभन्दा बढी नागरिक कोरनोभाइरसबाट सङ्क्रमित भइसकेका छन् । ती मध्ये आठ हजार ७६४ जना त पछिल्लो २४ घण्टामा थपिएका छन्।