arrow

दक्षिण कोरियामा उच्च शिक्षाका कक्षा शुरु

logo
एपी,
प्रकाशित २०७७ जेठ ७ बुधबार
higher-education.jpg

सोल। दक्षिण कोरियामा उच्च शिक्षा अध्ययनरत विद्यार्थीहरुले फेरी विद्यालयमै गएर अध्ययन गर्न थालेका छन्। विश्वभरी अध्ययन अध्यापनको कार्य अवरुद्ध भइरहेका बेला दक्षिण कोरियामा शैक्षिक संस्थाहरु पुनः संचालन गर्न थालिएको हो।

देशभरी बुधबारदेखि हजारौँ सयौँ उच्च शिक्षालयहरु संचालन हुन थालेको अधिकारीहरुले जानकारी दिएका छन्। शिक्षालयमा प्रवेश गर्नु अघि शिक्षक तथा विद्यार्थीहरुको तापक्रम मापन गरिने, मास्क तथा स्यानिटाइजरको प्रयोग, अन्य आधारभूत स्वास्थ्य सतर्कताहरु अपनाउने लगायतका प्रक्रिया लागु गर्नै पर्ने व्यवस्था गरिएको उनीहरुको भनाई छ।

विश्वभरी महामारीको रुपमा फैलिएको कोरोनाभाइरसको सङ्क्रमणका कारण लामो समय बन्द गरिएका शैक्षिक संस्थाहरु नयाँ तरिकाले संचालन गर्न लागिएका छन्। रोगको डरले लामो समय लकडाउन समेत लगाइएकाले विद्यार्थीहरुको अध्ययन कार्य प्रभावित भएको थियो। अहिले संचालन गर्न थालिएका शिक्षालयहरुमा बस्ने, पढ्ने, पढाउने, छलफल गर्ने लगायतका गतिविधिहरु पहिलाभन्दा फरक रहेको विद्यार्थीहरुले बताएका छन्।

देशको शिक्षा मन्त्रालयले हरेक विद्यार्थीको अनुहार छेक्नेगरी डेक्समा प्लाष्टिकको नयाँ संरचना बनाउन लगाइएको जनाएको छ। एक विद्यार्थीको नाक, मुखबाट निस्कने स्वास अर्को विद्यार्थीसम्म सजिलै नपुगोस् भन्ने उद्धेश्यले अनुहार छेक्ने पारदर्शी संचरना प्लाष्टिकको बनाउन लगाइएको मन्त्रालयको भनाई छ।

अहिले उच्च शिक्षामा अध्ययनरत विद्यार्थीहरुका लागि मात्रै अध्ययन अध्यापन कार्य संचालन गरिएको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्। उनीहरुले सानो उमेरका विद्यार्थीहरुका लागि चरण चरणमा अध्ययन अध्यापन कार्य शुरु गराइने जानकारी दिएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ