arrow

आज पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नु वेश, गर्नैपरे के गर्ने ? 

कुन राशी बलियो, कुन कमजोर ? 

logo
ज्यो. हरि पन्त,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
rashifal-horoscope.jpg

आजको पञ्चांग 
आज मिति २०७७ जेष्ठ ८ गते बिहीबार, इस्वीसंवत मे २१ तारिक सन् २०२०, श्रीशाके १९४२, नेपाल संवत् ११४०, प्रमादी नामको संवत्सरः, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । ग्रीष्म ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार ज्येष्ठकृष्णपक्ष बछलागा चलिरहेको छ । सौरमान अनुसार आज ज्येष्ठ कृष्णपक्षको चतुर्दशी तिथि ४१ घडी ८ पला अर्थात् रातिमा ९ बजेर ४१ मिनेटसम्म त्यसउप्रान्त अमावश्य तिथि लाग्नेछ । आज भरणी नक्षत्र, विष्कुम्भादि योगमा सौभाग्य, करणमा भद्रा, आनन्दादि योगमा पद्य रहनेछ । 

सूर्य वृष राशिमा, चन्द्रमा मेष राशिमा रहनेछ । आज दिनमान ३३ घडी ५६ पलाको रहने छ । आज सूर्योदय नेपालको काठमाडौं केन्द्रबिन्दुमा रहि बिहान ठीक ५ बजेर १४ मिनेटमा रावण मुहूर्तमा हुनेछ भने सूर्यास्त साँझ ठीक ६ बजेर ४८ मिनेटमा हुनेछ । 

आजको राशिफल
मेषः मेष राशि भएकाहरूका आज पनि स्वास्थ्य भरपर्दो रहनेछ । लगानी गरेको कामबाट राम्रो लाभ हुनेछ । मानशिक शान्ति र आराम मिल्नेछ । पारिवारिक सदस्य एवं आश्रित कर्मचारीबाट राम्रो सहयोग प्राप्त हुनेछ । आज रोकिएका सबै काम पूरा हुनेछन् तर समयको सही उपयोग अवश्य गर्नुहोला । दिनमा ३ बजेपछि समय त्यति शुभ नहुने भएकाले सतर्क भएर काम गर्नुहोला ।

वृषः वृष राशि भएकाहरूका लागि आज पनि समय खराब रहनेछ । चिसोका कारण पेट दुख्ने रोगले दुःख दिने सम्भावना छ । त्यसकारण पानी उमालेर मात्रै पिउनुहोला । आज गरेको लगानीबाट नोक्सानी हुनसक्छ । त्यसकारण लेनदेन व्यापार सबै कार्यमा विशेष ख्याल गर्नुहोला । आज पूर्व दिशाको यात्रामा ननिस्कनु राम्रो हुनेछ । सामाजिक एवं धार्मिक कार्यमा समय शुभ छ । 

मिथुनः आज मिथुन राशि भएकाहरूका लागि आज पनि समय शुभ छ । व्यपारमा सबै प्रकारले लाभ मिल्नेछ । स्वास्थ्यले पनि राम्रो साथ दिनेछ । उठ्नुपर्ने रकम उठ्नेछ । राम्रो मुनाफा बढ्ने काममा लगानी गर्नुभएमा राम्रो परिणाम पाइनेछ । घरमा नया“ समान  किनमेल हुनेछ । आज उत्तर दिशाको यात्राले लाभ मिल्नेछ । धार्मिक कार्यमा गरेको लगानीले राम्रो नाम कमाउन सकिनेछ ।

कर्कटः आज कर्कट राशिका लागि आज पनि समय मध्यम खालको छ । कुनै पनि ठाउ“को भ्रमण गर्नु पनि उचित छैन । तपाईं आज पानी र चिसोबाट विशेष सतर्क रहनुहोला । अरु काम तपाईंले सोचेअनुसार सफल हुनेछन् । त्यसैले जे काम गर्नुछ यही आज थालनी गर्नुभएमा मध्यम राम्रो हुनेछ । वैदेशिक रोजगारबार धन प्राप्त हुन सक्ने ज्योतिष वैत्रानिक दृष्टिकोणमा देखिएको छ ।

सिंहः आज सिंह राशि भएकाहरूका लागि आज पनि स्वास्थ्य भरपर्दो रहने छैन । गर्न खोजेका जुनसुकै कार्यमा बाधा रहेका छन् । मनमा अशान्ति, यात्रामा बिघ्नबाधा, पेट रोगले सताउने, खानामा गडबडी, द्खको समाचार प्राप्त हुन सक्नेछन् । जस्तोसुकै बाधा परेपनि निराश र हतास नहुनुहोला । टाढाको यात्रा नगर्नुहोला । शैक्षिक क्षेत्रबाट भने राम्रो फाइदा पाइनेछ । 

कन्याः कन्या राशि भएकाहरूका लागि आज समय खराब रहनेछ । मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउँमा नजानु होला । बद्नाम अपमानको सम्भावना पनि छ । घरमा तथा परिवारका लागि अनावश्यक खर्च भै जाने अवस्था छ । सकेसम्म जसको जे काम गर्नु छ, उही व्यक्तिसंग पैसा लिएर काम गर्ने गर्नुहोला । आज दिनमा २ बजेपछिको समय मध्यम शुभ रहनेछ । 

तुलाः तुला राशि भएकाहरूका लागि आज स्वास्थ्य राम्रो रहनेछ । आशा नै नगरेको ठाउँबाट धन प्राप्त हुन सक्नेछ । जमीन किन्नु छ आज किन्नुहोला । उच्चस्तरीय घनिष्ट मित्रसंगको भेट, पेशागत क्षेत्रमा नयाँ लाभका सम्भावना बढेर जानेछन् । जताबाट पनि हर्ष र खुसीका खबरहरू प्राप्त हुनेछन् । समय शुभ रहेकाले समयको सही उपयोग गर्नुहोला ।  

वृश्चिकः वृश्चिक राशि भएकाहरूका लागि आज स्वास्थ्य भरपर्दो रहनेछ । टाढाबाट धन आउने, नया“ काम धन्दामा लगानी गर्न मन लाग्नेछ । मनमा एकप्रकारको ढुक्कपन रहने, दौडधूप त्यति गर्नुपर्ने छैन । परिवारका सदस्यहरूबाट राम्रो सहयोग हुनेछ । सबै सजिलै सम्पन्न गर्न सकिनेछ । आज दिउसो ३ बजेपछि स्वस्थ्यमा केही समस्या देखिनेछ । विशेषगरि खानपानमा ध्यान पुर्याउन आवश्यक छ ।

धनुः धनु राशिका लागि आज पनि जन्मराशिदेखि नवौं भावमा रहेको चन्द्रमाले अनावश्यक मानसिक चिन्ता थप्नेछ । नबोलाएको ठाउ“मा जानुपर्नेछ । आफन्तबाटै बद्नाम तथा अपमानको सम्भावना छ । जुनसुकै काममा अनावश्यक खर्च भै जाने अवस्था छ । आज टाढाको यात्रा, महत्वपूर्ण निर्णय नगर्नु नै सबैभन्दा राम्रो हुने देखिन्छ । समग्रमा समय खराब छ । सतर्क हुन आवश्यक छ ।

मकरः मकर राशि भएकाहरूका लागि आजको दिन जोखिम पाराले बित्नेछन् । आफन्त कुलकुटुम्बका व्यक्तिजन एवं मित्रजनसंग वैरभाव उत्पन्न हुनेछ । धन हानी, पूर्ण हुन लागेको कार्य बिग्रन सक्छ । तर दिनमा ३ बजेपछि शुभग्रहको प्रत्यक्ष प्रभाव पर्नेछ । धन कमाउने अवसर मिल्नेछ । परिवारजनमा खुसी र सुखी बनाउन सकिने, धार्मिक एवं सामाजिक कार्यमा प्रशंसा मिल्नेछ ।

कुम्भः कुम्भ राशिका लागि आज पनि समय शुभ छ । दुःख कष्टहरु हराउनेछन् । स्वच्छ, निश्चल सोचाइ बढ्नेछन् । विशेषगरी आज पढाईलेखाई, कलाकृति, आकृतिका काम लगायत परीक्षा र प्रयोगात्मक कार्यमा ठूलो सफलता मिल्ने देखिन्छ । आकस्मिक धन, मान र काम प्राप्त गर्ने योग परेको छ । अरु व्यक्तिले आफ्नो प्रशंसा गर्नेछन् तर दिउसो ३ बजेपछिे भने हरेक कार्यमा होशियारी अपनाउनु आवश्यक छ ।

मीनः मीन राशि भएकाहरूका लागि आज पनि समय खराब  छ । आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । त्यसैले मानसिक असन्तुष्टिको अनुभव हुनेछ । घनिष्ट मित्रले व्यर्थैको विवाद र कुरा काट्नेछन् । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला ।  दिनमा ३ बजेपछि समय शुभ हुने देखिन्छ । यात्रा लेनदेन पनि यसै समयमा मात्र गर्नुहोला ।

साइतः आज चन्द्रमा मेष राशिमा रहनेछ । आज पूर्व र उत्तर बाहेक अन्य दिशाको यात्रा नगर्नुहोला । आज बिहीबार दक्षिण दिशाको यात्रा नगर्नुहोला । आज पश्चिम र दक्षिण दिशाको यात्रा पनि बाध्यताबश गर्नै परेको छ भने धार्मिक उपाय अपनाएर शुभ बेलामा अमला वा सक्खर खाएर यात्रा प्रारम्भ गर्नुुहोला । 

साथै पुरुषको नेतृत्वमा उत्तर पूर्व तथा स्त्रीको नेतृत्वमा वायव्य अर्थात उत्तर पश्चिम र ईशान अर्थात् उत्तर पूर्व दिशाको यात्रा गर्दा राम्रो हुनेछ । 

आजको शुभ लाभादि बेला 
बिहान ५ः१४ बजेदेखि         ६ः४४ बजेसम्म        शुभ बेला
बिहान ६ः४४ बजेदेखि         ८ः१४ बजेसम्म        रोग बेला
बिहान ८ः१४ बजेदेखि         ९ः४४ बजेसम्म        उद्धेग बेला
बिहान ९ः४४ बजेदेखि        ११ः१४ बजेसम्म        चर बेला
बिहान ११ः१४ बजेदेखि        १२ः४४ बजेसम्म        लाभ बेला
मध्यान्ह १२ः४४ बजेदेखि      २ः१४ बजेसम्म        अमृत बेला
दिउँसो २ः१४ बजेदेखि        ३ः४४ बजेसम्म        काल बेला
दिउँसो ३ः४४ बजेदेखि        ५ः१४ बजेसम्म        शुभ बेला

यसमा चर भन्दा शुभ, शुभ भन्दा लाभ राम्रो, लाभ भन्दा अमृत सबैभन्दा राम्रो मानिन्छ । त्यसैले जे काम गर्दा पनि शुभ, लाभ र अमृत बेला पार्नुहोला ।

राहुकाल समयः दिनमा १ः३० देखि ३ः०० बजेसम्म राहुकाल समय रहनेछ । यो समय भित्र यात्रा, लेनदेन, ठूलो लगानी, नयाँ निर्णय केही पनि गर्नु परिणाम राम्रो हुँदैन ।

(नोटः यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि काठमाडौं, नेपालको अक्षांश २७ः४२ उत्तर तथा देशान्तर ८५ः१८ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ ।)

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ