arrow

अमेरिकामा कोरोना संक्रमित र मृतकको गति उही, किन घटेन ? 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
trump-corona.jpg

काठमाडौं । कोरोना भाइरस संक्रमणमा अमेरिका सधै झैं अगाडि नै रहेको छ । थोरै मात्र संक्रमित र मृतक घटे पनि अमेरिका सधै अगाडि रहेको हो । 

२४ घण्टाको अवधिमा अमेरिकामा नयाँ संक्रमित २१ हजार ३५६ जना रहेका छन् । कुल १५ लाख ९१ हजार ९३९ जना संक्रमित भएका छन् । 

त्यस्तै ९४ हजार ९९० जनाको मृत्यु भएको छ । नयाँ मृतक १ हजार ४५७ पुगेका छन् । केही दिनदेखि हजार भन्दा कमको मृत्यु भएकामा मंगलबारदेखि फेरि मृतक ह्वात्तै बढेका हुन् । 

३ लाख ७० हजार ७६ जनालाई निको भएको छ । 

सबैभन्दा बढी प्रभावित न्यूयोर्कमा ३ लाख ६३ हजार ५१७ जना संक्रमित हुँदा मृतकको संख्या २८ हजार ८१६ पुगेको छ । बुधबार १६८ नयाँ मृतक थपिएका छन् । 

न्यूजर्सीमा १ लाख ५२ हजार ९६ जना संक्रमित हुँदा १० हजार ७४७ जनाको ज्यान गएको छ । 

बुधबार सबैभन्दा बढी इलिनोइसमा २ हजार ३८८ जना संक्रमित हुँदा न्यूयोर्कमा सबैभन्दा बढी १६८ जनाको ज्यान गएको छ । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले अमेरिकामा मात्रै यति धेरै संख्यामा संक्रमित भएको बारेमा आश्चर्यमा मात्रै पर्दै आएको बताएका छन् । 

तर उनले यसको दोष भने चीनलाई दिएका छन् । उनले सुरुआती दिनदेखि नै कोरोनालाई ‘चाइना भाइरस’ भन्दै आएका छन् । 

उनले कुनै पनि हालतमा अब लकडाउन खोल्ने बताएका छन् । उनले विश्व स्वास्थ्य संगठनको भूमिकाप्रति फेरि प्रश्न उठाएका छन् । 

आफूलाई प्रमाणित नगरे अब सधैका लागि सम्बन्ध टुट्ने चेतावनीसमेत ट्रम्पले दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ