arrow

कोरोना भाइरसबाट विश्वमा एकैदिन एक लाख संक्रमित

५० लाख ८३ हजार संक्रमित र ३ लाख २९ हजार बढी मृतक

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona5.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ५० लाख ८२ हजार ६६० पुगेको छ । एकैदिन एक लाख नयाँ संक्रमित थपिएका छन् । 

मृतकको संख्या अहिलेसम्म ३ लाख २९ हजार २९४ पुगेको छ । २४ घण्टामा ४ जार ७४० जना नयाँ मृतक थपिएका छन् । 

निको हुनेको संख्या २० लाख २० हजार १५७ जना मात्रै रहेको छ । 

२१५ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख ९१ हजार ९९१ पुगेको छ । ९४ हजार ९९४ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको रुसमा ३ लाख ८ हजार ७०५ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ९७२ पुगेको छ । 

तेस्रो स्थानको ब्राजिलमा संक्रमित २ लाख ९३ हजार ३५७ जना संक्रमित हुँदा मृतकको संख्या १८ हजार ८९४ जना पुगेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ