arrow

कोरोनाबाट रुस र ब्राजिल चरम स्थितिमा, बेलायतमा पहिलो पटक नयाँ संक्रमित थपिएनन् 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
corona-england.jpg

काठमाडौं । विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या बिहीबार बिहानसम्म ५० लाख ८२ हजार ६६० पुगेको छ । एकैदिन एक लाख नयाँ संक्रमित थपिएका छन् । 

मृतकको संख्या अहिलेसम्म ३ लाख २९ हजार २९४ पुगेको छ । २४ घण्टामा ४ जार ७४० जना नयाँ मृतक थपिएका छन् । 

निको हुनेको संख्या २० लाख २० हजार १५७ जना मात्रै रहेको छ । 

२१५ देश तथा प्रशासित क्षेत्रहरुमा फैलिएको कोरोनाबाट सबैभन्दा बढी प्रभावित अमेरिकामा  संक्रमितको संख्या १५ लाख ९१ हजार ९९१ पुगेको छ । ९४ हजार ९९४ जनाको ज्यान गएको छ । 

दोस्रो स्थानको रुसमा ३ लाख ८ हजार ७०५ जना संक्रमित हुँदा मृतकको संख्या २ हजार ९७२ पुगेको छ । 

तेस्रो स्थानको ब्राजिलमा संक्रमित २ लाख ९३ हजार ३५७ जना संक्रमित हुँदा मृतकको संख्या १८ हजार ८९४ जना पुगेका छन् । 

युरोपेली देशहरु शान्त हुँदै गर्दा रुस र ब्राजिल भने पछिल्लो पटक निकै तीव्र गतिमा अगाडि आएका छन् । 

ब्राजिलमा २४ घण्टामा सबैभन्दा बढी २१ हजार ४७२ जना नयाँ संक्रमित थपिए । जुन अमेरिकाको भन्दा पनि बढी हो । 

पहिलो पटक अमेरिकालाई कुनै देशले २४ घण्टामा संक्रमित बढी थपिएर देखाइदिएको छ पछिल्लो दुई महिनाको अवधिमा । 

अमेरिकामा २४ घण्टामा २१ हजार ४०८ जना संक्रमित थपिएका थिए । मृतकमा ब्राजिल २४ घण्टामा दोस्रो स्थानमा आइपुगेको छ । ९११ जना नयाँ मृतक थपिएका छन् । 

मृतकको संख्या ब्राजिलमा १८ हजार ८९४ जना पुगेको छ । ब्राजिलले केही दिनमै दोस्रो स्थानको रुसलाई पनि उछिन्ने देखिएको छ । 

ब्राजिल बिगत दुई हप्तादेखि निकै आक्रामक रुपले अगाडि आएको हो । त्यस्तै रुस दोस्रो स्थानमै छ । रुस पनि पछिल्लो दुई हप्तामा आक्रामक भएर आएको हो । 

रुसमा संक्रमित ३ लाख ८ हजार ७०५ पुगेका छन् । नयाँ संक्रमित ८ हजार ७६४ पुगेका छन् । केही दिनसम्म १० हजार भन्दा बढी संक्रमित हुँदै आएकामा २४ घण्टामा केही घटेको छ । 

रुसमा मृतक भने निकै कम छन् । मात्र २ हजार ९७२ जनाको ज्यान गएको छ । जबकि निको हुनेको संख्या पनि कम नै छ । त्यहाँ मात्र ८५ हजार ३९२ जनालाई मात्र निको भएको छ । 

बेलायतले भने अचम्मैसंग सुधार गरेको छ । २४ घण्टामा बेलायतमा एक जना पनि नयाँ संक्रमित थपिएनन् । पाँचौं स्थानको बेलायतमा संक्रमित २ लाख ४८ हजार २९३ जना रहेका छन् ।

त्यस्तै मृत्युमा दोस्रो स्थानमा रहेको बेलायतमा मृतक ३५ हजार ७०४ पुगेका छन् । नयाँ संक्रमित नथपिए पनि नयाँ मृतक भने ३६३ जना थपिएका छन् । 

कोरोनाको उद्गमस्थल चीनमा समेत नयाँ संक्रमित ७ जना थपिएका छन् । जबकि चीनले एक महिनाअघि देखि नै कोरोना नियन्त्रणमा आइसकेको दावी गरेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ