arrow

अम्फान आँधीले भारत र बंगलादेशमा कम्तीमा १५ जनाको ज्यान गयो, लाखौं विस्थापित 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
cyclone-india1.jpg

काठमाडौं । भारत र बंगलादेशमा आएको अम्फान आँधीका कारण कम्तीमा १५ जनाको ज्यान गएको छ । तीव्र गतिको हावा र वर्षाका कारण उनीहरुको ज्यान गएको हो । 

भारतको कोलकातादेखि बंगलादेशसम्म सडकका रुखहरु ढलेका छन् भने घरका छाना उडेका छन् । 

अम्फान आँधी आउने पूर्वानुमानपछि प्रभावित क्षेत्रमा लाखौं मानिस विस्थापित भएका छन् । 

यसको असर अझै रोकिएको छैन । सोमबारदेखि नै यो आँधी आउने अनुमान गरिएको थियो । 

तीस लाख मानिस विस्थापित भएको बीबीसीले जनाएको छ । कतिपयलाई सरकारले उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका छन् भने कतिपय नागरिक आफै पनि सुरक्षित स्थानमा गएका बताइएको छ ।

विशेषगरी भारतको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ । बंगालको खाडीबाट सुरु भएर भारतको पूर्वी तटीय क्षेत्रमा यसको असर पर्ने बताइएको थियो ।

सबैभन्दा बढी क्षति भने बंगलादेशमा परेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ