arrow

लकडाउनले बजार नपाएपछि केरा किसानको हात पुर्पुरोमा 

logo
प्रकाशित २०७७ जेठ ८ बिहिबार
banana-farming.jpg

नवलपरासी । नवलपरासी  (पश्चिम सुस्ता पश्चिम) । जिल्लामा उत्पादित केराले बजार नपाएपछि किसान चिन्तित भएका छन् । बन्दाबन्दीका कारण काठमाडौँ पोखरा र पहाडी क्षेत्रलगायत ठूलाठूला बजारसम्म बजारीकरणका लागि केरा पुर्याउन निकै समस्या भएको  छ । 

नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम)  जिल्लाको दक्षिणी भेग विशेष गरी  केरा खेतीका लागि उपयुक्त मानिन्छ । बन्दाबन्दीमा नेपाल सरकारले कृषि उपजलाई सहजै बजारीकरणका व्यवस्था भएको जनाए पनि बजारीकरणमा समस्या देखिएको केरा उत्पादक सङ्घका जिल्ला अध्यक्ष लख्खु यादव बताउँछन् । 

स्थानीय बजारमा सामान्य मात्रामा केरा बिक्री हुँदै आए पनि ठूला शहर बजारसम्म केरा पुग्न नसकेको प्रतापपुर –५ कठहवामा २० बिघा क्षेत्रफलमा केरा खेती गर्दै आएका किसान मोतीलाल कोइरीको भनाइ छ । 

ऋण लिएर खेती गर्दै आएका किसानलाई केरा बिक्री नहुँदा झन् ठूलो समस्या हुँदै आएको प्रतापपुर –६ का किसान  इन्द्राज पासीको भनाइ छ । खेतमा तयार भएको केराले बजार पाएको छैन । भारतीय बजारबाट सहजै रुपमा केरा भित्रिने गरे तर नेपाली उत्पादनले बजारीकरण गर्न नपाउँदा समस्या भएको प्रतापपुर –५ कठहवामा किसान चन्द्रिका कोहार बताउँछन् । 

कृषि ज्ञान केन्द्र नवलपरासी (बर्दघाट – सुस्ता पश्चिम) कार्यालयका अनुसार  जिल्लामा ३०० हेक्टर क्षेत्रफलमा वार्र्षिक चार हजार २०९ मेट्रिक टन केरा उत्पादन  हुँदै आएको छ । यहाँका किसानको आम्दानीको दरिलो स्रोत केरा खेती मानिएको छ । किसानले रु ५० देखि रु ६० सम्ममा एक दर्जन काँचो केरा बेच्छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ