arrow

कोरोना संक्रमितको मृत्युको खवर परिवारलाई दिएको ६ घण्टा पछि पनि अस्पतालले दिएन जानकारी  

प्रदेश–५ को सामाजिक विकास मन्त्रालयले कोरोना संक्रमितको मृत्युमा दियो श्रद्धाञ्जली

logo
नारायण वली,
प्रकाशित २०७७ जेठ ८ बिहिबार
samajik-bikash-mantralaya-p.gif

रुपन्देही । रुपन्देहीको मणिग्रामस्थित रहेको क्रिमसन अस्पतालमा उपचारारत कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ। गुल्मीको मदाने गाउँपालिका वडा नं.६ का एक विद्यालयका प्रधानाध्यापक समेत रहेका ति व्यक्तिको विहिवार विहान मृत्यु भएको अस्पताल प्रशासनले परिवारका सदस्यहरुलाई जानकारी दिएको छ।

परिवारलाई विरामीको मृत्युको जानकारी दिएको ६ घण्टा बितेर मध्यान्न १२ वज्दा सम्म पनि अस्पताल प्रशासनले आधिकारीक रुपमा जानकारी बाहिर ल्याएको छैन। बरु प्रदेश–५को सामाजिक विकास मन्त्रालयले एक सुचना जारी गर्दै कोरोना संक्रमित मृतक व्यक्तिप्रति श्रद्धाञ्जली दिएको छ। 

यसअघी दुई पटक ति विरामीको मृत्यु भयो भनेर विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा सुचना तथा समाचार सम्प्रेषण भएका कारण आज अस्पताल प्रसाशनले आधिकारीक जानकारी गराउने अपेक्षा धेरैको थियो। बुधवार वक्तव्य निकालेर विरामीको विरामीको मृत्यु भएको खबर झुटो भएको बताउने अस्पतालले बिहिवार भने सामाजिक विकास मन्त्रालयले श्रद्धाञ्जलीको सूचना निकाल्दा समेत चुपचाप बसेको छ।

कोरोना संक्रमितको निधन हुनु अघी नै मिडियालाई गलत सूचना दिने प्रदेश ५का सामाजिक विकास मन्त्री सदर्शन वरालको नाम र हस्ताक्षरमा मनत्रालयको लेटरप्याडमा वक्तव्य आएको छ। अस्पतालले वक्तव्य ननिकालेर मन्त्रीले वक्तव्य निकाल्नुलाई बुधवारको गल्तीलाई ढाकछोप गर्ने प्रयासको रुपमा वुटवलमा अर्थ्याउन थालिएको छ।  

कोरोनाकै कारण मृत्यु भएको यो नेपालकै तेस्रो घटना हो। यसअघी सिन्धुपालचोककी एक महिला र बाँकेकव एक पुरुषको पनि निधन भएको थियो। 

कोरोनाकै कारण मृत्यु भएपनि मृतक व्यक्तिको बुधवार दोस्रो पटक स्वाव संकलन गरि पुन परिक्षणका लागि लगिएको अस्पतालका प्रमुख प्रसाशकिय अधिकृत शेखर प्रसाद पोख्रेलले जानकारी दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ